लागूऔषध कारोबारीलाई पक्राउ गर्न मोरङको रंगेलीमा हवाइ फायर

<span class='c1'>लागूऔषध कारोबारीलाई पक्राउ गर्न मोरङको</span> <span class='c2'>रंगेलीमा  हवाइ फायर</span>

मोरङ । मोरङको रंगेलीमा प्रहरीले २ राउन्ड हवाइ फायर गरेको छ । लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले हवाइ फायर गरेको हो । सो क्रममा लागुऔषध ब्राउन सुगरसहित ३ जना पक्राउ परेका छन् ।

लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरका इन्स्पेक्टर राकेश यादव र वरिष्ठ सई बालकृष्ण सञ्जेलसहितको टोली खटिएको थियो । उक्त टोलीले गोली चलाएर तीन जनालाई नियन्त्रणमा लिइएको हो ।

पक्राउ पर्नेमा मोरङको रंगेली नगरपालिका–८ का ५५ वर्षीय किर्तानन्द ठाकुर, सोही ठेगाना भएका ३८ वर्षीय सुशिल बुढाथोकी र अर्की एक भारतीय महिला रहेका छन् । भारतीय महिलाको भने पहिचान खुलिनसकेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्