टेक्सासको विनाशकारी बाढी ः८२ को मृत्यु, ४१ जना बेपत्ता

<span class='c1'>टेक्सासको विनाशकारी बाढी ः८२ को</span> <span class='c2'>मृत्यु, ४१ जना बेपत्ता</span>

काठमाडौं । अमेरिकाको टेक्सास हिल कन्ट्रीमा आएको विनाशकारी बाढीले कम्तीमा ८२ जनाको ज्यान गएको छ। अधिकारीहरूका अनुसार ८२ जनाको ज्यान गएको छ भने ४१ जना अझै बेपत्ता छन्।टेक्सासको विनाशकारी बाढीले विभिन्न काउन्टीहरूमा ठूलो जनधनको क्षति पु¥याएको छ। केर काउन्टीमा सबैभन्दा बढी ६८ जनाको मृत्यु भएको छ। ट्राभिस काउन्टीमा ६ जना, बर्नेट काउन्टीमा ३ जना, केन्डल काउन्टीमा २ जना, विलियमसन काउन्टीमा २ जना र टम ग्रीन काउन्टीमा १ जनाको मृत्यु भएको पुष्टि भएको छ।

स्थानीय समयानुसार शुक्रबार बिहान ग्वाडालुप नदीमा बाढी आएको थियो। केर काउन्टीको क्याम्प मिस्टिक, बालबालिकाको ग्रीष्मकालीन शिविरबाट करिब एक दर्जन व्यक्ति अझै बेपत्ता रहेको अधिकारीहरूले जानकारी दिएका छन्। मृतकमा ४० वयस्क र २८ बालबालिका छन्। मृतकमध्ये १८ वयस्क र १० बालबालिकाको पहिचान हुन बाँकी छ।

१६० भन्दा बढीको हवाई उद्धार गरिएको छ। आठ सय ५० जना घाइते नभएका र ८ जना घाइतेलाई उद्धार गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्