कपिल शर्मा र सुनिल ग्राेवरको प्रशंसकहरूकाे लागि खुसीकाे खबर छ। कपिल शर्मासँगकाे झगडाका कारण शाे छाड्ने भनेर निर्णय गरेका सुनिलले याे साे नछाड्ने भनेर एएनअाइ स्राेतलाइ उदृत गर्दै समाचार अाएकाे छ ।
सुनिल मात्र नभइ उनीसँगै शाे छाडेका चन्दन, सुगन्दा मिश्रा र अलि अस्गर पनि शाे मा फर्कने समाचारमा उल्लेख गरिएकाे छ ।
कपिलकाे खराब व्यवहारका कारण देखाउदै उनीहरूले शाे छाडेका हुन। अष्ट्रेलियाबाट भारत फर्कदै गर्दा रक्सीकाे नशामा मातिएका कपिल शर्माले सुनिल ग्राेवर माथि हातपात गरेकाे खबर बाहिरिए पछि उनीहरूले शाे छाडेका थिए ।
उनीहरूले शाे छाडे पछि कपिलले एहसान कुरैसी, सुनिल पाल र राजु श्रीवास्तवलाइ ल्याएका थिए ।
के भएकाे थियाे ?
कपिल आफ्नो टोलीसँग अष्ट्रेलियामा शाे सकेर फर्कदै गर्दा एयर इन्डियाकाे फ्लाइटमा सुनिलसँग झगडा गरेका थिए । प्रत्यक्षदर्शीलाइ उदृत गर्दै हिन्दुस्तान टाइम्सले लेखेकाे छ, 'अत्याधिक रक्सी सेवन गरेका कपिल अाफ्नाे हाेसमा थिएनन् । उनले अाफु भन्दा अगाडी अाफ्ना टिमका सदस्यहरूले खाना खाएकाेमा रिसाएर सबैलाइ हकारेका थिए ।
यसबाट डराएका सदस्यहरूले अाफुले खाइरहेकाे खाना बिच मै छाडेका समेत थिए । यस क्रममा कपिललाइ सम्झाउन खाेजेका सुनिललाइ उनले जुत्ता खाेलेर हिर्काएका थिए । साथै उनकाे कलर समातेर झापड समेत हिर्काए । तर सुनिलले यसमा कुनै अाक्राेश नदेखाइ सम्झाइ रहे' ।
[caption id="attachment_30312" align="aligncenter" width="583"] कपिल शर्माकाे ट्विट[/caption]
कपिलकाे यस व्यवहारबाट केहि अन्य टिम सदस्यलाइ समेत चाेट लागेकाे बताइन्छ ।
याे झगडा बाहिरिए पछि सुनिलले कपिललाइ 'जनावरलाइ मात्र हैन मानिसलाइ पनि राम्राे व्यवहार गर' भनेर सामाजिक संजालबाट सम्झाएका थिए भने एक्लिएका कपिलले बारम्बार माफी माग्दै अाएका थिए ।