विराटनगर । विराटनगरका युवा उद्यमी आकृति जलान र मोहित धनाबातले आफ्नै स्किन केयर ब्रान्ड "मुनवेक" मार्फत शार्क ट्याङ्क नेपालमा ३० लाख रुपैयाँको लगानी सुरक्षित गरेका छन्।
उनीहरूले शार्क रितु बैद्यसँग सम्झौता गर्दै आफ्ना कम्पनीको २० प्रतिशत सेयर सट्टा सो लगानी प्राप्त गरेका हुन्। विराटनगरमै रहेको उत्पादन एकाइबाट उनीहरूले मुनवेक ब्रान्डअन्तर्गत प्राकृतिक स्किन केयर उत्पादन गर्दै आएका छन्। बजारमा पहिलेदेखि नै रुचाइएको मुनवेक उत्पादनले अब थप लगानीसँगै आफ्नो व्यवसाय विस्तार गर्ने योजना बनाएको छ।
स्थानीय स्तरमै उत्पादन, प्याकेजिङ र मार्केटिङ गर्दै आएका यी युवाहरूको यात्रा शार्क ट्याङ्कको मञ्चमार्फत अब देशभर फैलिने अपेक्षा गरिएको छ।