विराटनगर । विराटनगरका कार्यक्रम संयोजक रोनक अग्रवाल पुनः ‘मिस्टर नेपाल’ को कोशी प्रदेश क्षेत्रीय निर्देशकमा नियुक्त भएका छन्। उनले २०२२ देखि २०२४ सम्म लगातार तीन वर्ष मिस्टर नेपाल प्रतियोगितामा कोशी प्रदेशका प्रतिनिधिहरूलाई राष्ट्रिय स्तरमा चिनाउन सफल भएका थिए।
उनको नेतृत्वमा थुप्रै स्थानिय प्रतियोगिता आयोजना भएका छन् र उनको कामले देश–विदेशमा समेत चर्चा पाएको छ। मिस्टर नेपाल २०२५ को अडिसन आउँदो १२ जुलाई, बिहान ९ बजे इटहरीको सोल्टि वेस्टएन्डमा हुने छ। इच्छुक प्रतियोगीहरूका लागि अनलाइन फारममार्फत दर्ता खुला गरिएको छ।