विराटनगरका विवेक पुरी एनएसडब्लु जोइन्ट सेक्रेटरी पदका लागि उम्मेदवार

<span class='c1'>विराटनगरका विवेक पुरी एनएसडब्लु जोइन्ट</span> <span class='c2'>सेक्रेटरी पदका लागि उम्मेदवार</span>

विराटनगर ।  गैरआवासीय नेपाली संघ ९एनआरएनए० अष्ट्रेलियाको २०२५–२७ कार्यकालका लागि हुने निर्वाचनमा बिराटनगरका समाजसेवी विवेक पुरीले न्यू साउथ वेल्स राज्यको जोइन्ट सेक्रेटरी सह–महासचिव पदका लागि औपचारिक रूपमा उम्मेदवारी दर्ता गरेका छन्।

 

विगतमा राज्य सदस्य पदका लागि घोषणा गरिए पनि, टिम सन्तोषले पुरीको नेतृत्व क्षमता, संगठन सञ्चालन अनुभव र सामुदायिक पहुँचको उच्च मूल्यांकन गर्दै उनलाई यो जिम्मेवार पदमा अगाडि ल्याएको हो। पुरी हाल बिराटनगर समाज अष्ट्रेलियाका संस्थापक अध्यक्ष हुन्। सामुदायिक सेवा, संस्थागत पारदर्शिता, युवाको सहभागिता र समावेशी नेतृत्वप्रति प्रतिबद्ध पुरी लामो समयदेखि अष्ट्रेलियामा बसोबास गर्दै नेपाली समुदायको हकहितका लागि सक्रिय छन्। “यो पद मेरो लागि अवसर होइन, जिम्मेवारी हो,” पुरीले उम्मेदवारी दर्तापछि भने, “अब निष्पक्षता, निष्ठा र सामूहिक सोचका साथ राज्यभरि रहेका नेपालीहरूको आवाज बुलन्द पार्ने बेला आएको छ।” पुरीले एनएसडब्लु राज्यभरि रहेका नेपालीहरूका साझा चासो र मुद्दाहरूलाई संस्थागत ढंगबाट सम्बोधन गर्ने योजनाका साथ छिट्टै विस्तृत कार्ययोजना सार्वजनिक गरिने जानकारी दिएका छन्।

 

यसै अवसरमा टिम सन्तोषले एनआरएनए अष्ट्रेलियाको नेतृत्वका लागि विभिन्न तहमा शक्तिशाली उम्मेदवारहरूको संयोजन प्रस्तुत गरेको छ, जसले पारदर्शी, उत्तरदायी र भविष्यमुखी नेतृत्व दिने अपेक्षा गरिएको छ। राष्ट्रिय अध्यक्ष पदका उम्मेदवार सन्तोष कुँवर,एनएसडब्लु राज्य समन्वय परिषद् कोअर्डिनेटर पदका उम्मेदवारराज खड्का गुरुङ,उप–कोअर्डिनेटर पदका उम्मेदवार गणेश केसी,सचिव पदका उम्मेदवार मञ्जिल खड्का ,कोषाध्यक्ष पदका उम्मेदवार अनन्त तामाङ यस समूहले “बलियो नेपाली प्रवासी” को नारासहित युवालाई सशक्त बनाउने, महिला र दोस्रो पुस्ताको सहभागिता बढाउने, व्यवसायिक सञ्जाल विस्तार गर्ने, र एनआरएनए फाउन्डेसन मार्फत सेवा कार्य पारदर्शी रूपमा सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ। पुरीको उम्मेदवारीसँगै एनएसडब्लु राज्यमा उत्साह र भरोसाको नयाँ वातावरण सिर्जना भएको देखिन्छ।

 

विद्यार्थी, पेशाकर्मी, व्यवसायी र आप्रवासी सबै वर्गमा उनले पुर्‍याएको पहुँच, सक्रियता र व्यवहारको मूल्याङ्कन सकारात्मक रहेको छ। निर्वाचन २६ जुलाई २०२५ शनिबारका दिन हुुदै छ । एनआरएनए अष्ट्रेलियाको निर्वाचन अब नजिकिँदै गर्दा नेतृत्वमा नयाँ सोच, रणनीति र प्रतिबद्धता लिएर उभिएका उम्मेदवारहरूप्रति समुदायको ध्यान केन्द्रित हुँदै गएको छ।‍ पुर्‍याएको पहुँच, सक्रियता र व्यवहारको मूल्याङ्कन सकारात्मक रहेको छ। निर्वाचन २६ जुलाई २०२५ शनिबारका दिन हुुदै छ । एनआरएनए अष्ट्रेलियाको निर्वाचन अब नजिकिँदै गर्दा नेतृत्वमा नयाँ सोच, रणनीति र प्रतिबद्धता लिएर उभिएका उम्मेदवारहरूप्रति समुदायको ध्यान केन्द्रित हुँदै गएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्