विराटनगर । विराटनगरमा रहेको महेन्द्र मोरङ आर्दश बहुमुखी क्याम्पसको स्ववियु सभापतिको कार्यकक्षामा २ वटा हातहतियार (खुकुरी) फेला परेको छ । स्ववियू सभापति रोहित यादवको कार्यकक्षको दराज भित्र २ वटा खुकुरी मंगलबार फेला परेको हो । घटना लगत्यै वडा प्रहरी कार्यालय विराटनगरबाट आएको टोलीले घटनाबारे अनुसन्धान थालेको छ ।
फेला परेको खुकुरी वडा प्रहरी कार्यलयबाट आएका प्रहरी निरीक्षक अप्रिल चापागाइको कमाण्डमा खटिएको टोलीले नियन्त्रणमा लिएको छ । स्ववियु सभापति कार्यकक्षको दराजमा भेटिएको हतियार खुकुरीबारे आफुलाई केही थाहा नभएको स्ववियु सभपति रोहित यादवको भनाई छ । क्याम्पस परिसरमा आज विहान दुई विद्यार्थी समुह विच सामान्य विवाद भएको थियो,’ यादवले भने,‘‘यो हतियार मैले राखेको छैन, दराजको चावी खुल्ला नै हुन्छ । कसले राख्यो किन राख्यो मलाई केही थाहा छ्रैन ।’’ स्ववियु सभापतिको कार्यकक्षमा खुकुरी राख्नुपर्ने आवश्यक पनि छैन यादवले भने, यदि मैले खुकुरी राखेको प्रमाण भेटिए म कारबाही भोग्न तयार छु ।’ यता क्याम्पस प्रमुख डा. रामअवतार शरण घटनाबारे अनुसन्धान थालेको बताए ।

क्याम्पसमा त्यसरी हातहतियार राख्न पाईदैन कसले र किन राख्यो भन्ने विषयमा अनुसन्धान थालेको शरणले आवर विराटनगरलाई जानकारी दिए । एक विद्यार्थीका अनुसार आज विहान केही समुहहरु विच विवाद भएको थियो । म स्ववियु भवनको भित्र जादै थिए त्यहाँ दुई जना विद्यार्थी खुकुरी निकालेको देखे मैले रोक्न खोज्दा म आफैलाई खुकुरीको बिंडले टाउकोमा लाग्यो ती विद्यार्थीले आवर विराटनगरलाई जानकारी दिईन् । हाल बरामद गरिएको २ वटा खुकुरी वडा प्रहरी कार्यालयको नियन्त्रणमा रहेको छ । घटना बारे थप अनुसन्धान अगाडी बढाइएको वडा प्रहरी कार्यालय विराटनगरका डिएसपी अनमोल खड्काले जानकारी दिए ।