वामदेव गौतमको समूह नेकपा एसमा समाहित हुने

<span class='c1'>वामदेव गौतमको समूह नेकपा</span> <span class='c2'>एसमा समाहित हुने</span>

काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियान र नेकपा एकीकृत समाजवादी एकता हुने भएको छ । आइतबार प्रतिनिभि सभा परिषदमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतमले नेकपा एमालेले बेवास्ता गरेपछि नेकपा एकीकृत समाजवादीमा जाने निर्णय गरेको बताएका हुन् । उनले भने, ‘नेकपा एकीकृत समाजवादी र एमालेतिर पनि प्रयत्न भएको थियो । एमालेले पर्ख पर्ख भनेर भन्यो । पर्खेर बस्यौं, अनि अन्त्यमा अध्यक्ष केपी ओलीले बोलाउनुभयो । दुई घण्टा भाषण गर्नुभयो । समयमा खवर हुन्छ भनेर पठाउनुभयो ।

 

पर्खेर बस्दा खबर आएन र एकीकृत समाजवादीतिर जाने निर्णय गर्यौ । साउन २ गते हामी एकीकृत समाजवादी बन्नेछौ ।’ उनले आफूले एमाले निर्माणमा सबैभन्दा बढी योगदान गरेको र त्यो क्षमता विद्या भन्डारीसँग पनि नभएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्