बुढीगंगा घटना अपडेट : ५ दिनदेखी प्रहरीलाई सकस, युवतीको पहिचान खुल्न सकेन

<span class='c1'>बुढीगंगा घटना अपडेट : ५ दिनदेखी</span> <span class='c2'>प्रहरीलाई सकस, युवतीको पहिचान खुल्न सकेन</span>

विराटनगर । गत शनिबार मोरङको बूढीगंगामा सडेको अवस्थामा एक युवतीको नग्न अवस्थामा शव फेला पर्छ । अन्दाजी १९ — २० बर्ष उमेरको तराई मुल देखिने ती युवतीको पहिचान गर्न मोरङ प्रहरीलाई निकै सकस परेको छ । बूढीगंगा गाउँपालिका–६ कोयलपुरस्थित सुनसरी–मोरङ सिँचाइ आयोजनाको नहर नजिकको घारीमा शनिबार अपरान्ह ४ बजेतिर सडेर दुर्गन्धित भएको नग्न अवस्थामा युवतीको शव फेला परेको थियो ।

शरीरको माथिल्लो भागको भित्री कपडा मात्रै लगाएको अवस्थामा शव फेला परेको थियो । कम्मरदेखि मुनिको भागमा कपडा नै थिएन । घटनास्थलमा मृतकले लगाएका कपडा,चप्पल, माला र कपाल च्याप्ने चिम्टाहरु फेला परेका थिए । फेला परेका सामाग्री सहित मोरङ प्रहरीले आफ्नो फेशबुक पेज लगायत सञ्चारमाध्यमहरुमा पनि सुचना जारी गरिरहेको छ ।

मोरङ प्रहरीले उत्त दिनदेखी नै विभिन्न कोणबाट अनुसन्धानलाई अगाडी बढाईरहेको छ तर ५ दिन बितिसक्यो मृतकको पहिचान खुल्न भने सकेको छैन । युवतीको अनुहार लगायत शरीरका विभिन्न भागमा किरा परेर कुहिएको अवस्थामा फेला परेको शवको हालसम्म पहिचान हुन नसकेको मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले बताउनुभयो ।

शवको पहिचान गर्नको लागि हामीले हरेक कोणबाट अनुन्धान अगाडी बढाईरहेका छौँ तर कुनै तथ्य फेला पर्न सकिरहेको छैन । सिमा नाकादेखी पुर्वका सबै मातहतका प्रहरी कार्यालयहरुमा फोटो र युवतीले लगाएको पोसाकको आधारमा खोजतलास गर्न लगाएका छौँ तर कुनै पहिचान खुल्ने गरीको तथ्य बाहिर आउन सकेको छैन । युवतीको शरिरमा किरा परेर कुहिएको र अनुहार प्रष्टसँग चिन्न सक्ने अवस्था नभएकाले शवको पहिचान गर्न मुस्किल परिरहेको डिएसपी चुडालले बताउनुभयो ।

शवको पोस्टमार्टम विराटनगरको कोशी अस्पतालमा गरिएको छ । तर रिर्पोट भने आईसकेको छैन । प्रहरीले भने युवतीको डिएनए प्रोफाईलिङ गरेर राखेको छ । घटनास्थल र शवको प्रकृति हेर्दा बलात्कारपछि हत्या गरे हो कि भन्ने अनुमान गरिएको छ । तर पोष्टमार्टमको रिर्पोट र युवतीको पहिचान नखुले सम्म बलात्कार नै भएको हो भनेर पुष्टि गर्ने आधार नभएको अनुसन्धनमा खटिएका एक प्रहरी अधिकृतको भनाई छ । 

घटनाबारे चाडो पत्ता लगाउन प्रहरीले आम नागरिक तथा स्थानीयसँग सहयोगको याचना गरेको छ । तस्वीरमा देखिएका कपडाहरु यदि कसैले चिनेमा प्रहरी वा परिवार सम्म जानकारी गराईदिन आग्रह गरेको छ । हो दर्शक विन्द यो घटनाको प्रकृति हेर्दा कंचनपुरमा निर्मला पन्तको बलात्कार पछि हत्या भएको जस्तै देखिन्छ । ५ दिनवितिसक्दा पनि पहिचान खुल्न नसक्दा प्रहरीलाई पनि उति समस्या आईपरेको छ ।

त्यसैले तपाई हामीले तस्वीरमा देखिएको लुगा , चप्पल , चिम्टी, हातमा लगाउने मालाको चुरा थाहा पाएमा वा चिन्नु भएमा नजिकैको प्रहरी समक्ष जानकारी गराईदिनु हुन अनुरोध गर्दछौँ । ताकी तपाई हाम्रो सानो सहयोगले प्रहरीलाई घटनाको अनुसन्धानमा सहयोग मिल्ने पो थियो की ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्