विदेशीहरुले समेत नेपालको सम्पदा र अभिलेखको बारेमा चासो राख्ने गर्छन् ः मन्त्री पाण्डे

<span class='c1'>विदेशीहरुले समेत नेपालको सम्पदा र अभिलेखको बारेमा</span> <span class='c2'>चासो राख्ने गर्छन् ः मन्त्री पाण्डे</span>

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्‌डयन मन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल अब केवल भौगोलिक सीमाभित्र मात्र सीमित नरहेको बताएका छन् । बुधबार काठमाडौंमा आयोजित एक पुरस्कार समर्पण समारोहमा बोल्दै उनले नेपाल विश्वभर फैलिँदै गएको धारणा व्यक्त गरेका हुन् ।
उनले भने, ‘नेपाल अब नेपाल भित्र मात्रै छैन ।

नेपालको परिचय विश्वभरी फैलिँदै गएको छ । नेपालीहरु संसारभरी रहेका छन् । त्यसकारण पनि नेपाल विश्वभरी फैलिएको छ । नेपालप्रति मानिसहरुको चासो पनि बढेको छ, यसकारण पनि नेपाल फैलिएको छ ।’ उनले विदेशमा नेपाली सम्पदा, मूर्तिहरू र अभिलेखप्रति विदेशीहरूमा चासो बढ्दो रहेको उल्लेख गर्दै विश्व समुदायले नेपालको सांस्कृतिक धरोहरलाई विशेष ध्यान दिइरहेको बताए । उनले दुनियाँभरको चासो नेपालप्रति रहेकाले नेपालको जातीय, सांस्कृतिक र भाषिक विविधता अध्ययन, अनुसन्धान र चिन्तनको विषय बनेको बताए।

उनले भने, ‘हाम्रा थुप्रै सम्पदा र मुर्तिहरु विदेशमा पुगेका छन् । विदेशका मान्छेहरु नेपालको सम्पदा र अभिलेखको बारेमा धेरै नै चासो राख्ने गर्छन् । दुनियाँभरको चासो हाम्रो नेपालप्रति छ, नेपालको जातीय, सांस्कृतिक र भाषिक विविधता अध्ययन, अनुसन्धान र चिन्तनको विषय बनेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्