आईसिपी परिसरमै सर्ने भयो विराटनगर अध्यागमन कार्यालय

<span class='c1'>आईसिपी परिसरमै सर्ने भयो</span> <span class='c2'>विराटनगर अध्यागमन कार्यालय</span>

विराटनगर । भारतको बाटो हुँदै नेपाल प्रवेश गर्ने तेस्रो मुलुकका पर्यटकलाई मुख्य भन्सार परिसर हुँदै प्रवेश गराउन विराटनगरको अध्यागमन कार्यालय एकिकृत जाँच चौकी (आइसिपी) परिसरमा स्थान्तरण गरिने भएको छ ।
विराटनगरमा २०७५ सालदेखि अध्यागमन कार्यालय छ । तर, भन्सार परिसर भन्दा बाहिर रहेको अध्यागमन कार्यालय स्थान्तरण गरिने भएको हो । कार्यालय विराटनगरका वरिष्ठ अध्यागमन सहायक तथा सूचना अधिकारी युवराज पोखरेलका अनुसार यो कार्यालय साउन १ गतेदेखि आईसिपी परिसरमा स्थान्तरण हुने भएको हो ।

अध्यागमन विभागले भन्सारसँगै कार्यालय राख्न निर्देशन दिएपछि कोशी राजमार्ग अन्तर्गत इलाका प्रहरी कार्यालय रानीदेखि २०० मिटर दक्षिणमा रहेको कार्यालय भन्सार क्षेत्रमा सार्ने तम्तयार गरिएको पोखरेलले जानकारी दिएका छन् । आईसिपीको व्यवस्थापन गर्दै आएको ट्रान्स नेपालसँग कार्यालय राख्ने ठाउँ भाडामा लिइएको छ । मासिक भाडा बुझाएर स्थापना हुने कार्यालयबाट प्रशासन, लेखासहितको अध्यागमन प्रशासन अन्तर्गतका कार्यहरु हुनेछन् ।

भारत हुँदै नेपाल प्रवेश गर्ने तेस्रो मुलुकका पर्यटकलाई यो कार्यालयले सहजीकरण गर्नेछ । पोखरेलका अनुसार भारतले प्रवेश अनुज्ञा दिएका पर्यटकका लागि डिर्पाचर अनुमति यो कार्यालयले उपलब्ध गराउँछ । त्यस बाहेक काठमाण्डौं वा अन्य नाकाबाट नेपाल प्रवेश गरेका एक भिषा वर्षका पर्यटकको १५० दिनको अवधी सकिएमा म्याद थप्ने काम समेत गर्दछ । त्यस बाहेक छोटो प्याकेजमा नेपाल आएका पर्यटकको म्याद बढाउन समेत यो कार्यालयले सहजीकरण गर्ने पोखरेलले जानकारी दिएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्