मारवाडी युवा मञ्च विराटनगरको सप्ताव्यापी सामाजिक कार्यक्रम सम्पन्न

<span class='c1'>मारवाडी युवा मञ्च विराटनगरको</span> <span class='c2'>सप्ताव्यापी सामाजिक कार्यक्रम सम्पन्न</span>

विराटनगर । विराटनगरमा रहेको मारवाडी युवा मञ्च, विराटनगरले सामाजिक सेवा अन्र्तगत साप्ताव्यापी रुपमा विविध कार्यक्रम गरी सम्पन्न गरेको छ । २०४९ सालमा स्थापना भएको मारवाडी युवा मञ्चले विराटनगरका विभिन्न स्थानमा पुगेर सामाजिक कार्य गर्दै साप्ताव्यापी कार्यक्रम मनाएको हो । कार्यक्रमको पहिलो दिन पूर्वाञ्चल बाल सेवा आश्रममा भोजन तथा खाद्यान्न वितरण गरिएको थियो। युवा मञ्चका सदस्यहरूले आफैं उपस्थित भई आश्रमका बालबालिकालाई रु ३५ हजार बराबरको आवश्यक सामग्री प्रदान गरेको थियो । दोस्रो दिन थलाहा ब्यारेकस्थित शिवदल आर्मी क्याम्पमा कर्नल अरुण गिरीको विशेष उपस्थितिमा १०१ थरीका बिरुवा वृक्षारोपण गरिएको थियो ।

त्यसैगरी तेस्रो दिन शिक्षा सदन माविमा ६ थान पंखा र शैक्षिक सामग्री वितरण गरिएको थियो। साथै, एसईई उत्तीर्ण चार जना छात्रालाई प्रमाणपत्र सहित ११ हजारको छात्रवृति सहयोग प्रदान गरिएको थियो। चौथो दिन शपथग्रहण समारोहको आयोजना गरिएको थियो। कार्यक्रममा मञ्चले विद्यार्थीहरूका लागि रु १ लाख बराबरको छात्रवृति कोष स्थापनाको घोषणा गरेको छ । साथै नेत्रदान, रक्तदान, वृक्षारोपण र विविध रचनात्मक कार्यक्रमहरू गर्ने योजना सार्वजनिक गरिएको मञ्चका अध्यक्ष मोहित लालवनीले जानकारी दिए ।

साथै समाजसेवामा विशेष योगदान पुर्याउने राकेश बंशल, शंकर खरेल, र ८ वर्षीया बालिका नमाया दुगडलाई विशेष सम्मान प्रदान गरिएको थियो। पाँचौं दिन १०४ वर्षीया वृद्धा समाजसेवी श्रीमती दुलारी देवी अग्रवालको गरिमामय उपस्थितिमा मानव सेवा आश्रममा रु १० हजार सहयोगसहित भोजन सेवा कार्यक्रम सम्पन्न गरिएको थियो ।

छैठौं दिन परमार्थ आरती स्थलमा वृक्षारोपण गरिएको थियो र आरती सेवा समितिलाई व्यवस्थापनका लागि रु ११ हजार सहयोग प्रदान गरिएको थियो । र सातौं दिन योग प्रशिक्षक रुचिका बैदको विशेष उपस्थितिमा “आमा को माया छात्रावास” का विद्यार्थीहरूका लागि योग शिविर सम्पन्न गरिएको थियो। त्यसै दिन कृष्ण गौशालामा गोसेवा तथा रु ५ हजार १ सय आर्थिक सहयोग प्रदान गर्दै प्रथम कार्यसमिति बैठकसहित सप्ताह व्यापी कार्यक्रमको समापन गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्