विराटनगर । हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेश आसपासको क्षेत्रमा मौसमी प्रणाली विकसित वर्षा भईरहेको छ । कुनै स्थानमा अति भारी वर्षा भईरहेको छ ।
वर्षाका कारण खोला तथा नदीहरुमा जलसतह बढेपछि बाढी पूर्वानुमान महाशाखाले जोखिम बढेको भन्दै सूचना जारी गरेको छ । महाशाखाले जारी सुचनामा भनिएको छ ं साउन ०४ गते, बिहान ०१:०८ बजेदेखि सुनसरी र मोरङ जिल्लाको वर्षामापन केन्द्रहरुमा वर्षा भएको र थप हुने देखिएकोले सो क्षेत्र भइ बहने सेउती, बुढी, केसलिया खोलाहरुमा आकस्मिक बाढी आउन सक्छ, दिउँसो सम्म उच्च सतर्कता अपनाऔ ।