राष्ट्रिय राजनीतिमै कुराकानी भयो, अन्य कुरा आधिकारिक च्यानलबाट आउँछ ः भण्डारी

<span class='c1'>राष्ट्रिय राजनीतिमै कुराकानी भयो, अन्य कुरा</span> <span class='c2'>आधिकारिक च्यानलबाट आउँछ ः भण्डारी</span>

काठमाडौं ।  प्रधानमन्त्री एंव नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीचको वान टु वान भेटवार्ता सकिएको छ । आइतबार च्यासल पार्टी कार्यालयमा भएको भेटवार्ता सकिएको हो । उक्त भेटवार्तापछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले आफ्नो पार्टी सदस्यता पहिले नै नवीकरण भइसकेको बताइन् । साथै उनले राष्ट्रिय राजनीतिका विषयमा मात्रै कुराकानी भएको र अरू विषयको जानकारी आधिकारिक च्यानलमार्फत आउने जिकिर गरिन् ।

उनले भनिन्, ‘त्यो पुरानो कुरा हो । पार्टी सदस्यता पहिले नै भइसकेको छ । आज राष्ट्रिय राजनीतिक विषयमा मात्र कुराकानी भयो अरु विषय आधिकारिक च्यानलबाट आउँछ ।’ भण्डारीले सक्रिय राजनीतिमा फर्किने घोषणा गरेपछि एमालेको आन्तरिक राजनीति तरंगित बनेको छ । हालै सम्पन्न एमालेको सचिवालय र पोलिटब्यूरो बैठकमा भण्डारीको सदस्यता नवीकरणको विषयले बहस निम्त्याएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्