मेरिल्याण्ड कलेजमा व्यवस्थापनपछि विज्ञान संकायको पढाइ सुरु,नयाँ भर्ना भएका विद्यार्थीहरुलाई भव्य स्वागत

<span class='c1'>मेरिल्याण्ड कलेजमा व्यवस्थापनपछि विज्ञान संकायको पढाइ</span> <span class='c2'>सुरु,नयाँ भर्ना भएका विद्यार्थीहरुलाई भव्य स्वागत</span>

विराटनगर । विराटनगरको रंगेली रोडमा रहेको मेरिल्याण्ड कलेजले कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरुलाई स्वागत गर्दै भव्य अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । विराटनगरको सिटी प्यालेसमा सोमबार आयोजित कार्यक्रमबाट व्यवस्थापन र विज्ञान संकायमा नयाँ भर्ना भएका विद्यार्थीहरुलाई औपचारिक स्वागत गरेको हो । यस वर्ष कक्षा ११ मा व्यवस्थापन संकायमा ६६३ जना र विज्ञान संकायमा २०३ जना विद्यार्थीहरुले मेरिल्याण्ड रोजेका छन् ।

व्यवस्थापन संकायमा देशभरका अग्रणी शिक्षालयमध्ये एकका रूपमा परिचित मेरिल्याण्ड कलेजले यसै शैक्षिक सत्रदेखि आधुनिक प्रयोगशालासहित विज्ञान संकायको पठनपाठन सुरु गरेको कलेजका प्रिन्सीपल लक्ष्मण ढकालले बताउनुभयो । यसपटकको एसईई परीक्षामा ४ जीपीए ल्याउने चार जना विद्यार्थीले मेरिल्याण्ड रोजेका छन् । उनीहरुलाई कार्यक्रममा सम्मान समेत गरिएको थियो ।

तीमध्ये दुई जना व्यवस्थापन र दुई जना विज्ञान संकायमा भर्ना भएका छन् । कार्यक्रमका प्रमुख अतिथि केएमसी कलेज बागबजार काठमाण्डौंका प्रिन्सिपल डा. नगेन्द्र अर्यालले मेरिल्याण्डले व्यवस्थापन शिक्षामा पु¥याएको योगदान प्रशंसनीय रहेको उल्लेख गर्दै विज्ञान संकायको सुरुवातले कलेजको शैक्षिक दायरा अझ विस्तार हुने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा मेरिल्याण्ड कलेजका संचालक पिके झाले स्वागत मन्तव्य राख्दै विद्यार्थीहरुको भविष्य निर्माणमा कलेजको भूमिकालाई अझ प्रभावकारी बनाइने प्रतिवद्धता जनाउनु्भयो ।

अर्का निर्देशक डा.मनोज गुप्ताले कलेजको पूर्वाधार, शैक्षिक रणनीति, सहकार्य कार्यक्रम लगायतका विषयमा विस्तृत जानकारी गराउनुभयो । कलेजले सूचना प्रविधि (आईटी) क्षेत्रमा अध्ययनरत विद्यार्थीहरुलाई अन्तर्राष्ट्रिय स्तरको तालिम दिन आइबीएम कम्पनीसँग सहकार्य समेत सुरु गरेको छ । कलेजको तर्फबाट प्रिन्सिपल ढकाल र आइबीएमको तर्फबाट डाइरेक्टर कृष्ण पाण्डेले सहमतिमा हस्ताक्षर गरेका हुन् । कलेजका अध्यक्ष गुणराज ढुंगेलको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको सञ्चालन निर्देशक भेषराज पोखरेलले गरेका थिए । कार्यक्रममा विद्यार्थीहरुले आकर्षक सांस्कृतिक प्रस्तुति राखी उपस्थित अभिभावक, अतिथि र सहपाठीहरुलाई मनोरञ्जन दिलाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्