विराटनगर । विराटनगरमा रहेको ग्रिनल्याण्ड कलेजले यसैबर्ष कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरूलाई एक विद्यार्थी एक सिप अभियान थाल्ने जनाएको छ । विराटनगरको रुविज होटलमा कलेजले मंगलबार नया भर्ना भएका विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखिकरण कार्यक्रम आयोजना गरी यसपटकदेखी विद्यार्थीहरुलाई नयाँ अवसरको रुपमा यो अभियान थालेको जनाएको हो । कलेजमा साईन्स र व्यावस्थापन संकायमा भर्ना भएका ७५१ विद्यार्थीहरुलाई २ बर्ष सम्म पढाई हुने बारे निति नियम तथा कलेजका उद्धेस्यबारे जानकारी समेत गराइएको थियो ।

कलेजले यसपटकदेखी एक विद्यार्थी एक सिप अभियान थालेको कलेजका निर्देशक पवन साहले जानकारी दिए । कलेजमा भर्ना भएका विद्यार्थीले पढाईका अतिरिक्त एक जीवन उपयोगी एक सिप सिक्नै अभियान कोशी प्रदेश मै पहिलोपटक यसकिसिमको अभ्यास थालेको निर्देशक साहले बताए । कक्षा ११ मा भर्ना भएकी विद्यार्थी राधिका भट्टराईले २ बर्षको अध्ययन सफल बनाउनको लागि सबै विद्यार्थी एक जुट भई घरको परिवार जस्तै भएर बस्न पनि आग्रह गरिन । २ बर्षको अवधीमा एक सफल विद्यार्थी बन्नको लागि ग्रिनल्याण्ड कलेजका शिक्षकहरुको ठुलो भुमिका रहेका कारण कलेजबाट त्यो शिक्षा प्राप्त हुन्छ भन्ने पनि उनले आशा व्यक्त गरिन् ।

कार्यक्रममा बोल्दै कलेजका प्रिन्सिपल दिनेश कुमार दाहालले ग्रिनल्याण्ड कलेजले गुणस्तरीय शिक्षाको माध्यमबाट विद्यार्थीको भविष्य उज्ज्वल बनाउने लक्ष्यसहित अघि बढिरहेको बताए । कार्यक्रमका प्रमुख अतिथि जिल्ला शिक्षा समन्वय इकाइ, मोरङका प्रमुख जीवन गड्तौलाले नयाँ पुस्तालाई प्रविधिमैत्री र रोजगारमुखी बनाउने खालको शिक्षामा जोड दिनुपर्ने बताए । कलेजका अर्का निर्देशक तथा शिक्षक इश्वरी प्रसाद मिश्रले अभिमुखिकरण कार्यक्रममा सहभागी सबै विद्यार्थीलाई स्वागत गर्दै सफल शैक्षिक यात्राको शुभकामना व्यक्त गरे । एक असल विद्यार्थी बन्नको लागि जीवनमा आफ्ना आमाबुबा , गुरुहरुको सम्मान र आफुलाई विश्वास गर्न कहिल्यै भुल्नुहुदैन भन्ने अठोट बोक्यो भने विद्यार्थीको राम्रो भविष्य बन्ने मिश्रले सुझाव दिए ।

अभिमुखिकरण कार्यक्रम कक्षा १२ का विद्यार्थीहरुले नव आगन्तु विद्यार्थीहरुले सांस्कृतिक प्रस्तुति प्रदान गरेका थिए । विद्यार्थीहरूले विभिन्न नृत्य प्रस्तुत गर्दै आफ्नो प्रतिभा प्रदर्शन गरेर कार्यक्रममा सहभागीहरुलाई मनोरन्जन प्रदान गरेका थिए । ग्रिनल्याण्ड कलेजमा विज्ञान, व्यवस्थापन र होटलमेनेजमेन्टको पठनपाठन हुदै आएको छ ।