शिक्षादीप कलेजमा व्यवस्थापन संकायका नयाँ भर्ना भएका विद्यार्थीलाई भव्य स्वागत तथा अभिमुखिकरण

<span class='c1'>शिक्षादीप कलेजमा व्यवस्थापन संकायका नयाँ भर्ना</span> <span class='c2'>भएका विद्यार्थीलाई भव्य स्वागत तथा अभिमुखिकरण</span>

विराटनगर । यसै बर्षको शैक्षिक सत्र भर्ना भएका विद्यार्थीहरुलाई विराटनगर ९ मा रहेको शिक्षादीप कलेजले भव्य स्वागत गर्दै अभिमुखीकरण गराएको छ । कक्षा ११ मा व्यवस्थापन संकायमा भर्ना भएका ३४५ जना विद्यार्थीलाई विराटनगरको सिटी प्यालेसमा बुधबार विहान एक भव्य समारोह कार्यक्रमको आयोजना गरी विद्यार्थीहरुलाई स्वागत गर्दै अभिमुखीकरण गराएको हो ।

विद्यार्थीहरूलाई आगामी शैक्षिक यात्रामा सफलताको शुभकामना दिँदै, शिक्षा र सीपलाई समायोजन गर्नुपर्ने सन्देश दिइएको थियो । कार्यक्रमका प्रमुख अतिथि पूर्वाञ्चल विश्वविद्यालय व्यवस्थापन संकायका डिन प्राडा बिजु कुमार थपलियाले नयाँ विद्यार्थीहरूलाई उज्ज्वल भविष्यको शुभकामना दिँदै शिक्षा केवल प्रमाणपत्रका लागि नभई जीवन उपयोगी सीप हासिल गर्ने अवसरको रूपमा लिन आग्रह गरे कार्यक्रममा शिक्षादीप कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्काले कलेजले विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै देशका लागि दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्यसहित अघि बढिरहेको बताए ।

कलेजका चीफ डाइरेक्टर शैलेन्द्र शिवाकोटीले शिक्षादीप कलेजले विगतका उत्कृष्ट शैक्षिक नतिजा, अनुशासन र विद्यार्थीको समग्र विकासका कारण विद्यार्थी र अभिभावकको पहिलो रोजाइ बन्न सफल भएको बताए । कार्यक्रमको सञ्चालन कलेजका व्यवस्थापन संकाय प्रमुख शंकर भट्टराईले गरेका थिए । कार्यक्रमको अध्यक्षता कोशी प्रदेश सभा सदस्य तथा कलेजका अध्यक्ष भीम पराजुलीले गरेका थिए । अध्यक्ष पराजुलीले शिक्षादीप कलेजले विद्यार्थीलाई नैतिक शिक्षासँगै व्यवहारिक र रोजगारमुखी शिक्षातर्फ उन्मुख गरिरहेको जानकारी दिए । ‘हामी विद्यार्थीको भविष्य निर्माणका लागि आधुनिक शैक्षिक प्रविधि, अनुभवी शिक्षक र अनुशासित वातावरण प्रदान गरिरहेका छौं,’ उनले भने ।

सो अवसरमा २३ जना विद्यार्थीलाई सम्मान गरिएको थियो । कार्यक्रमको अन्त्यमा विद्यार्थीहरूले आकर्षक सांस्कृतिक नृत्य प्रस्तुत गरेर कार्यक्रमलाई थप रमाइलो बनाएका थिए । विद्यार्थी, शिक्षकको उल्लेखनीय उपस्थिति रहेको कार्यक्रममा अभिमुखीकरणसँगै शिक्षा, नेतृत्व र संस्कारबारे महत्वपूर्ण सन्देश प्रवाह गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्