प्रेम देवान
विराटनगर । विराटनगरको दक्षिणी भेग विराटनगर १७ मा रहेको क्षी रघुपति अधारभुत विद्यालय वि.सं. २०२० सालमा स्थापना भएको सामुदायिक विद्यालयको अवस्था दिनप्रतिदिन ओरालो लाग्दै गएपछि विद्यार्थी, अभिभावक र शिक्षकहरु पनि चिन्तित बन्न थालेका छन् । ६२ बर्ष पुरानो विद्यालयमा कक्षा नर्सरीदेखी ८ सम्म पढाई हुने गरेको छ । विद्यालयमा पीउने पानी, शौचालय, पार्किङ्ग , विजुली पंखा , व्यवस्थित कक्षाकोठा र स्कुलले दैनिकी उपलब्ध गराउने खाजाको राम्रो प्रवन्ध नहुँदा विद्यार्थीहरु आक्रोसित छन् । आवर विराटनगरले स्थलगत रुपमा स्कुल परिसरमा पुगेर गरेको रिर्पोटिङ्गको क्रममा समस्यैसमस्या देखापर्यो । जब हामी स्कुलमा के पुगेका थियौं, विद्यार्थीहरुले कक्षा कोठाको राम्रो सुविधा नभएको , शिक्षकहरु पनि पढाउने समयमा मोवाईल चलाएर बस्ने , पानीको सुविधा नभएको कक्षा ८ मा अध्ययनरत मोह्मम्द जाकिरले गुनासो राखे । स्कुलले प्रदान गर्ने दैनिक खाजामा पनि खाली चना चिउरा मात्रै खुवाउने गरेको उनले सुनाए । उता विद्यालयमा पढाउने शिक्षक शिक्षिकाहरुपनि विद्यार्थीहरुको झै समस्या थिए । विद्यालयमा हाल प्रथम त्रैमासिक परीक्षा संचालन भईरहेको छ ।

परीक्षामा विद्यालयका शिक्षक र विद्यार्थी दुवै पीडित बनेका छन् । पीडित यो मानेमा बनेका छन् की, प्रश्नपत्र पेपरमा दिन नसकेर भित्ताको वाइटबोर्डमा लेखिदिनुपर्ने स्थिति छ । उत्तर विद्यार्थीले आफ्नै कपीमा बनाउनुपर्ने स्थिति छ । अरुबेला प्रश्नपत्र पेपरमा प्रिन्ट गरेर दिने चलन थियो तर अहिले भित्ताको वाईटबोर्डमा लेख्नुपर्ने वाध्ययता भएको शिक्षक संजिव यादवले बताए ।

उनले भने, यसरी भित्तामा लेख्नुपर्दा धेरै नै समस्या हुने गरेको छ । ‘विद्यार्थीहरुले हत्तपत्त बुझ्दैनन्, कतिपय विद्यार्थीले चाडै लेख्छन् भने कतिपयले ढिलाई गर्ने गरेका कारण विद्यार्थीहरु पनि रिसाउने गरेका छन् ।’ विद्यालयलाई विराटनगर महानगरपालिकाले आर्थिक बर्ष २०८१÷८२ को लागि ५ लाख बजेट छुटाएको थियो । विद्यालयको भौतिक पूर्वाधार व्यावस्थापनको लागि बजेट बिनियोजन गरेपनि भने जस्तो विद्यालयको विकास भने देखिएको थिएन । विद्यालयका साना बालबालिकालाई व्यावस्थित शुद्ध पिउनेपानीको सुविधा छैन । एक त विराटनगरको प्रचण्ड गर्मीमा विद्यार्थीहरु पानी चापाकलबाट निकालेर पिउनुपर्ने वाध्ययता छ । राष्ट्रपति कोषबाट ४५ लाखको बजेटमा ४ कोठे भवन बन्दै छ । तर अहिले अपुरो छ ।

कक्षा कोठा बनेका छन् । तर विजुली बत्ती पंखा जडान गरिएको छैन , भवन नै अपुरो छ । उता शिक्षकहरु बस्ने कोठाको हालत पनि उही छ । शिक्षक भनेको बौद्धिक बर्गमा मानिन्छन् । तर पनि शिक्षकहरु बस्ने कोठामा पुग्यो भने, कुनै सामान राख्ने गोदाम झै देखिन्छ । त्यही चिया बनाउने ठाँउ , त्यही निर्माण जन्य सामाग्री राख्ने ठाँउ । वरीपरी फोहोरै फोहोर । स्कुल परिसरमा पार्किङ्ग पनि बनाइएको छ । तर पार्किङ्गमा सवारी साधान नत शिक्षकहरुले नै राख्छन् न त विद्यार्थीहरुले नै । शिक्षक तथा विद्यार्थीहरुले त्यही स्कुलको प्यासेजमा सवारी साधान राख्ने गरेको छन् । स्कुल परिसरमा बाख्राहरु चरिरहेका भेटिन्छन् । बालबालिकाहरुलाई शौचालय आउजाउ गर्ने बाटोहरु पनि व्यावस्थित छैनन् । स्कुलको घन्टी राख्ने ठाँउको हालत पनि उस्तै थियो ।

विद्यालयका कम्प्युटरहरु पनि व्यावस्थित थिएनन् । सबै थान्किएर बसेको अवस्थामा थियो । विद्यार्थीहरुलाई खाजा बनाउने कोठा पनि फोहोर फोहोर देखिन्थ्यो । यता विद्यालयका प्रधानध्यापक शिवचन्द्र सिंहले विगत पाँचवर्षमा ३ सयबाट ५ सय विद्यार्थी संख्या पुगेको बताए । सिंह पाँचवर्षदेखि प्रध्यानाध्यापक रहँदै आएका छन् । उनले कक्षागत परीक्षामा वाइटबोर्डमा प्रश्नहरु दिएर विद्यार्थीलाई त्यसको उत्तर लेख्न लगाउने गरिएको सुनाए । उनका अनुसार पीउने पानीको व्यवस्था भएपनि चोरले फिल्टर तोडफोड गरिदिएको गुनासो गरे ।

विद्यालय परिसरको सुरक्षाका लागि सिसीटिभी क्यामरा जडान गर्न स्थानीयसँग सहयोग लिइएको उनले सुनाए । अन्तमा के पनि भन्न चाहान्छौ भने विद्यालयलाई राम्रो बनाउनको लागि विद्यालय व्यावस्थापनको राम्रो व्यावस्थापन , प्रधानाध्यापकको लगन, शिक्षकको चिन्तन, अभिभावकको मनन्, सरोकारवालाको अनुगमन ,कर्मचारीको ईमान र विद्यार्थीको अनुशासन भए पुग्छ ।।