विराटनगर । झापामा प्रहरील्े लागुऔषध कारोबारीलाई गोली प्रहार गरेर नियन्त्रणमा लिइएको छ । झापा भद्रपुर नगरपालिका–५ स्थितबाट भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भारत किसनगंज कोल्लिकोटका ३६ बर्षीय मोहमद इस्लाम रहेका छन । बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापा र लागू औषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा इस्लामको साथबाट १०७ ग्राम १०० मिलिग्राम ब्राउन सुगर बरामद गरेको थियो ।
त्यसपछि नियन्त्रणमा लिन खोज्दा प्रहरीलाई नै हातपात गरे पश्चात प्रहरीले २ राउण्ड गोली प्रहार गरी नियन्त्रणमा लिएको हो । उनको बाँया खुट्टाको घुँडा मुनि गोली लागी घाईते भएका छन् । घाईते इस्लामको प्रहरीको निगरानीमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपामा उपचार भईरहेको कोशी प्रदेश प्रहरी कार्यालयले जानकारी दिइएको छ । उनलाई गत साउन १० गते गोली प्रहार गरेर नियन्त्रणमा लिइएको थियो ।