नाउपाको आज राष्ट्रिय भेला बस्दै

<span class='c1'>नाउपाको आज राष्ट्रिय</span> <span class='c2'>भेला बस्दै</span>

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) को आज राष्ट्रिय भेला बस्दैछ । नयाँ बानेश्वरमा बस्ने भेलाले पार्टीको अध्यक्ष तोक्दैछ । बुधबार बसेको बैठकले रञ्जिता श्रेष्ठलाई अध्यक्षबाट हटाउने प्रस्ताव पारित गरेपछि नयाँ अध्यक्ष तोक्न लागेको हो । श्रेष्ठलाई साधारण सदस्यसमेत नरहने गरी हटाएको नाउपाले जनाएको छ ।

 

पोखराको लिचीबारी जग्गा प्रकरणमा मुछिएकी श्रेष्ठलाई डगौरा नेतृत्वको अनुशासन समितिले २४ घन्टे स्पष्टीकरण सोधेको थियो । उनले स्पष्टीकरण नदिइ वरिष्ठ उपाध्यक्ष शिव बास्तोलालाई कार्यवाहक अध्यक्ष तोकेकी थिइन् । उनी भेलामासमेत अनुपस्थित भएपछि बुधबार अनुशासन समितिको बैठकले उनलाई अध्यक्षबाट हटाएको हो । नाउपाले नयाँ केन्द्रीय कार्यसमिति चयनको तयारी गरेपनि निर्वाचन आयोगमा अद्यावधिक भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्