यी हुन् रास्वपा संसदीय दलको बैठकका निर्णय

<span class='c1'>यी हुन् रास्वपा संसदीय</span> <span class='c2'>दलको बैठकका निर्णय</span>

राष्ट्रिय स्वतन्त्र पार्टीको बुधवार अपराह्न रुपन्देहीको भैरहवास्थित रमादा होटेलमा बसेको संसदीय दलको बैठकले विभिन्न निर्णयहरू गरेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले आजको बैठकमार्फत २०८० साल पुसमा महोत्तरीको जलेश्वरमा केन्द्रीय समितिको विस्तारित बैठक तथा संसदीय दलको बैठक गर्दै काठमाडौं उपत्यका बाहिर पनि केन्द्रीय स्तरको राजनीतिक उपस्थिति जनाउने अलि फरक अभ्यास गरिरहेको कुरालाई निरन्तरता दिएको सन्देश दिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी बर्दिया जिल्ला सभापति विपिन पौडेलको सिङ्गापुर भ्रमणको क्रममा मंगलवार राति असामयिक तथा अप्रत्याशित देहान्तप्रति संसदीय दलको बैठकले श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्दै यस दुखद घडीमा परिवारको साथमा रहेको कुराको मनन गरेको छ।

कार्यवाहक सभापति डिपी अर्यालले समसामयिक राजनीतिक विषयमा अहिलेको परिस्थिति घटनाक्रम उतारचढाव भ्रष्टाचारमा व्याप्त गठबन्धन मन्त्रीहरू भ्रष्टाचारको मुद्दामा मुछिएको विषय लगायत, राष्ट्रिय स्वतन्त्र पार्टीले जारी राखेको हस्ताक्षर सङ्कलन अभियानले दलको सदस्यहरूलाई जानकारी गराए ।

पार्टी उपसभापति डाक्टर स्वर्णिम वाग्लेले राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभामा उठाइरहेको विषयहरू जस्तै भिजिट भिसाको आवरणमा भइरहेको मानव तस्करी जस्तो सङ्गठित अपराधमा आवश्यक न्यायिक वा संसदीय छानबिन समितिको माग सहितको विरोध जारी राख्ने निर्णय गर्‍यो ।

सदनमा र संसदीय समिति हरूमा विभिन्न विधेयकहरूमा भइराखेको छलफल त्यसमा राष्ट्रिय स्वतन्त्र पार्टीको धारणा हुनुपर्ने सहभागिता र थप सक्रियताको बारेमा छलफल भएको छ ।

देशभित्र र प्रवासमा सङ्गठनको कार्यक्रमहरूमा रास्वपा सांसदहरूको सहभागिता सक्रियता र उपस्थितिहरूलाई अझै प्रभावकारी बनाउने सक्रियता बढाउने बारे छलफल भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्