सूर्यविनायकमा ५० हजार दर्शक अटाउने रगंशाला निर्माण गर्ने प्रधानमन्त्रीको घोषणा

<span class='c1'>सूर्यविनायकमा ५० हजार दर्शक अटाउने</span> <span class='c2'>रगंशाला निर्माण गर्ने प्रधानमन्त्रीको घोषणा</span>

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भक्तपुरको सूर्यविनायकमा ५० हजार दर्शक अटाउने रगंशाला निर्माण गर्ने घोषणा गरेका छन् ।
बिहीबार अखिल नेपाल फुटबल संघ (एन्फा) द्वारा दशरथ रंगशालामा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले अब छिट्टै नै भक्तपुरको सूर्यविनायक नगरपालिकामा ५० हजार दर्शक अटाउने रगंशाला निर्माण गर्ने घोषणा गरे । त्यस्तै उनले कीर्तिपुरको क्रिकेट रंगशालाको अधिकतम संरक्षण र सदुपयोग गरेर क्रिकेटलाई अघि बढाइने पनि बताए ।


उनले भने, कीर्तिपुरको क्रिकेट रंगशालाको अधिकतम संरक्षण र सदुपयोगमार्फत क्रिकेटलाई अघि बढाइने छ । नेपाललाई सम्पूर्ण खेलमा स्वर्ण पदकको विजेता बनाउने हिसाबले हामी अगाडि बढ्नुपर्छ ।

अब छिट्टै नै भक्तपुरको सूर्यविनायक नगरपालिकामा ५० हजार दर्शक अटाउने रगंशाला निर्माण गर्न लागेका छौँ। हाम्रो स–साना बालबालिकाहरू हुर्कंदासम्म ५० हजार दर्शकले हेर्ने रंगशाला तयार भएको हुनेछ।’ उनले धनुषाको रंगशाला र झापामा अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माण गरिरहेकाले अब खेल सिक्नका लागि रंगशालाको कमी नहुने बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्