नेतृत्व पुस्तान्तरण हुन नसकेकाले कांग्रेसप्रति जनताको अविश्वास बढ्दै

<span class='c1'>नेतृत्व पुस्तान्तरण हुन नसकेकाले</span> <span class='c2'>कांग्रेसप्रति जनताको अविश्वास बढ्दै</span>

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नेतृत्व पुस्तान्तरण हुन नसकेकाले नेपाली कांग्रेसप्रति आम जनताको अविश्वास बढ्दै गएको बताएका छन् ।  बिहीबार परिवर्तन अभियान नेपालको दोस्रो वार्षिक कार्यक्रममा बोल्दै उनले लामो समयसम्म एउटै प्रकारको नेतृत्व रहिरहेको आम जनताको अविश्वास बढेको बताएका हुन् । उनले भने, ‘हाम्रो नेपाली कांग्रेस पार्टीमा पछिल्लो पुस्ता नेतृत्वमा आउने प्रकृयाको सन्दर्भमा एकदमै परिणाममूखी ढङगबाट हामी अगाडि बढ्न सकिरहेका छैनौ । लामो समयसम्म एउटै प्रकारको नेतृत्व रहिरहेको जस्तो देखिन्छ । नेपाली कांग्रेसप्रति आम जनताको अविश्वास बढेको कारण पनि कांग्रेसमा पुस्तान्तरण भएन भन्ने पक्षबाट पनि हो जस्तो मलाई लाग्छ ।’उनले नीतिगत पक्षबाट युवाहरुले हस्तक्षेप गर्नुपर्ने भन्दै पुस्तान्तरणको नँया विकल्प नीतिगतमा हुने बताए ।

 

‘अब पुस्तान्तरण गर्नका लागि प्रक्रिया भन्दा फरक ढङगबाट नेतृत्व चयन हुने स्थिती पनि हुँदैन । हामीले नीतिगत पक्षबाट हस्तक्षेप गर्न सकिएन कि, नीतिगत पक्षबाट विकल्प हो भनेर आउन सकिएन कि विश्वास जित्न सकिएन कि त्यो पक्षलाई ध्यान दिन जरुरी छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्