प्राज्ञिक विद्यार्थी परिषद् नेपालद्धारा उदयपुरका दुई सामुदायिक विद्यालयमा शैक्षिक सामग्री वितरण

<span class='c1'>प्राज्ञिक विद्यार्थी परिषद् नेपालद्धारा उदयपुरका दुई</span> <span class='c2'>सामुदायिक विद्यालयमा शैक्षिक सामग्री वितरण</span>

उदयपुर । प्राज्ञिक विद्यार्थी परिषद् नेपाल  सेवा र विकासका लागि युवाको समन्वयमा उदयपुर जिल्लाको त्रियुगा नगरपालिकाभित्र रहेका दुई सामुदायिक विद्यालयमा शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न गरिएको छ। बिहीबार सम्पन्न कार्यक्रम अन्तर्गत ११० जना विद्यार्थीहरूलाई झोला, कापी, जमेट्री लगायतका शैक्षिक सामग्री प्रदान गरिनुका साथै विद्यालयलाई नेपाली शब्दकोष र प्राज्ञिक बोलचाल पुस्तक हस्तान्तरण गरिएको हो।

उक्त सामग्री वितरण कार्यक्रम त्रियुगा नगरपालिका–१० मा अवस्थित श्री बालमन्दिर माध्यमिक विद्यालय र त्रियुगा नगरपालिका–११ को श्री त्रियुगा माध्यमिक विद्यालय, गाईघाट मा सम्पन्न भएको हो।

कार्यक्रममा त्रियुगा नगरपालिकाका मेयर श्री बसन्त बस्नेत, प्राज्ञिक विद्यार्थी परिषद्का प्रतिनिधिहरु, विद्यालयका प्रधानाध्यापक, शिक्षकगण, विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि तथा समाजका अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमको अवसरमा परिषद् नेपालकी राष्ट्रिय सचिव मुना बिष्टले विद्यार्थीसम्म शैक्षिक सामग्रीको पहुँचले उनीहरूको शिक्षण–सिकाइमा सहजता आउने बताउँदै परिषद्ले आगामी दिनमा यस्ता कार्यक्रमहरूलाई देशभर अझ प्रभावकारी ढङ्गले सञ्चालन गरिने जानकारी दिइन्।

यस सहयोगको कदरस्वरूप त्रियुगा नगरपालिकाका मेयर बसन्त बस्नेत र विद्यालय परिवारले प्राज्ञिक विद्यार्थी परिषद् नेपालप्रति हार्दिक आभार व्यक्त गरेका थिए। कार्यक्रमले शिक्षा क्षेत्रमा सहयोग पुर्‍याउने उद्देश्यसहित विद्यार्थीहरूको मनोबल बढाएको विश्वास व्यक्त गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्