तेक्वान्दो टोली थाइल्यान्ड जादैँ

<span class='c1'>तेक्वान्दो टोली</span> <span class='c2'>थाइल्यान्ड जादैँ</span>

काठमाडौं । आठौं हिरोज अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा सहभागी हुन ६ खेलाडीसहित ८ सदस्यीय नेपाली टोली थाइल्यान्डको पटाया जाने भएको छ । त्यसका लागि टोली अगष्ट ८ तारिख थाइल्यान्ड प्रस्थान गर्ने छन् ।

 

अगष्ट ९ देखि १० तारिखसम्म हुने प्रतियोगिताको पुरुष २५–२८ केजीमा आर्यन अम्गाईं तथा ३५–३८ केजीमा आर्यन तामाङले प्रतिस्पर्धा गर्ने छन् । महिला २३ केजीमा आरुसी अम्गाईं, ४२–४४ केजीमा रोनशा थापा तथा पुम्सेमा योजना गौली र छ्लोइ डोल्मा तामाङले खेल्ने छन् । प्रशिक्षकमा गौरव रजक र दिनेश न्यौपाने छन् । टोलीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले परिवर्तन अभियान नेपालको दोश्रो वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा विदाइ गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्