विकासका लागि अवरोध भएका ऐन, कानुन वा  नियमावलीहरु संशोधन गरिने

<span class='c1'>विकासका लागि अवरोध भएका ऐन,</span> <span class='c2'>कानुन वा  नियमावलीहरु संशोधन गरिने</span>

काठमाडौं । बन तथा वातावरणमन्त्री ऐन बहादुर शाहीले प्रदूषण  न्युनिकरण गर्न सबैसँग मिलेर काम गर्न सरकार तयार गरेको बताएका छन् । आइतबार एक कार्यक्रमाबिच बोल्दै उनले काठमाडौं उपत्यका वातावरण हिसाबले प्रदूषणबाट  प्रभावित  भएको भन्दै प्रदूषणले गर्दा मानव स्वास्थ्यदेखि विभिन्न किसिमका समस्या  भोग्नु परेको बताए ।वर्तमान सरकार विकासलाई जनमैत्री बनाउन प्रतिवद्ध रहेको बताउँदै मन्त्री शाहीले केही समस्याहरु भौतिक मन्त्रालयको सहकार्यमा सहजीकरण गर्दै आएको बताए ।

 

विकासका काममा भएका अवरोधहरु हटाइ काम थप सुदृढ बनाउन ऐन, कानुन वा  नियमावलीहरुको संशोधन प्रक्रिया धेरै अघि बढाइएको बताए  । ‘काठमाडौं उपत्यका वातावरण हिसाबले अत्यन्तै प्रदूषणबाट प्रभावित छ । विशेषगरी मानव स्वस्थ्यदेखि विभिन्न  समस्या भोग्नु परेको छ । यसको न्यूनीकरण गर्न वन तथा वातावरण मन्त्रालय र नेपाल सरकार मिलेर काम गरिरहेको छौँ । भौतिक मन्त्रालयको सहकार्यमा केही समस्याहरु सहज बनाउँदै लगिएको छ । ऐन, कानुन र नियमावलीमा संशोधन प्रक्रिया अघि बढाइएको छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्