विराटनगरमा एन.वि.सि का विद्यार्थीले ‘रक हेड्स व्याण्ड’को सांगीतिक कार्यक्रम गराउदै

<span class='c1'>विराटनगरमा एन.वि.सि का विद्यार्थीले ‘रक</span> <span class='c2'>हेड्स व्याण्ड’को सांगीतिक कार्यक्रम गराउदै</span>

विराटनगर । विराटनगरमा रहेको नेपाल बिजनेश कलेजका (एन.वि.सि)विद्यार्थीहरुले आफ्नो पाठ्यक्रमको व्यावहारिक अभ्यासका क्रममा युवा पुस्तामा लोकप्रिय रहेको र‘कहेड्स व्याण्ड’लाई निन्ताएर साँगितीक प्रस्तुति गराउने भएको छ । विराटनगर – ११ मा अवस्थित नेपाल बिजनेश कलेजमा अध्ययनरत बिबिए सातौँ सेमेस्टरका विद्यार्थीहरुले आईतबार पत्रकार सम्मेलनको आयोजना गरी यही साउन २५ गते आईतबार जैन भवनमा सांगीतिक कार्यक्रम आयोजना गर्न लागेका हुन् । विद्यार्थीहरु आफै मिलेर आयोजना गर्न लागेको यो कार्यक्रम शैक्षिक ज्ञानलाई व्यवहारमा उतार्ने र सामाजिक सेवामा लगाउने अनुकरणीय प्रयास रहेको कलेजको बुझाई छ । यो कार्यक्रम विद्यार्थीहरुको ‘इभेन्ट म्यानेजमेन्ट’ विषयको प्रयोगात्मक हिस्सा भएको कलेजका प्रबन्ध निर्देशक दीपक कोइरालाले बताए ।

 

‘विषयको पाठ्यक्रममा २० अङ्कको प्रयोगात्मक अभ्यासका लागि विद्यार्थीहरु आफैँले कुनै कार्यक्रमको व्यवस्थापन गर्नुपर्ने हुन्छ । यस कार्यक्रमको अर्को महत्वपूर्ण पक्ष यसको सामाजिक उत्तरदायित्व हो । सांगीतिक कार्यक्रमबाट उठेको सम्पूर्ण मुनाफा विराटनगरमा रहेको विराटेश्वर वृद्धाआश्रमलाई सहयोग गरिने विद्यार्थीले बताए । कलेजका विद्यार्थीले आयोजना गरेको दोस्रो संस्करणको सांगीतिक कार्यक्रम हो । गत वर्षको कार्यक्रमको सफलतापछि यसपटक अझ भव्य बनाउन लागिएको बीबीए सातौँ सेमेस्टरकी छात्रा प्रतिज्ञा ढुंगानाले बताइन् । उनी र उनका सहपाठीहरु अहिले कार्यक्रमको तयारीमा जुटेका छन् ।

कार्यक्रम सम्पन्न गर्न करिब साढे चार लाख रुपैयाँ लाग्ने अनुमान गरिएको बीबीए कै छात्र संगीत अधिकारीले जानकारी दिए । कार्यक्रममा विराटनगर र आसपासका २ हजार ५ सयभन्दा बढी युवाहरुको सहभागिता रहने अपेक्षा गरिएको छ । कार्यक्रममा सहभागी हुनका लागि एक सय रुपैयाँको टिकट शुल्क तोकिएको छ । सन् २०१४ मा स्थापना भएको नेपाल बिजनेश कलेजमा हाल एमबीए, बीबीए, बीआईटी र बीएचएम तहमा करिब पाँच सय विद्यार्थी अध्ययनरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्