पाकिस्तानमा बाढी र मुसलधारे वर्षाका कारण २९९ जनाको मृत्यु

<span class='c1'>पाकिस्तानमा बाढी र मुसलधारे वर्षाका</span> <span class='c2'>कारण २९९ जनाको मृत्यु</span>

एजेन्सी । पाकिस्तानका धेरै भागहरूमा आएको बाढी र मुसलधारे वर्षाका कारण १४० बालबालिकासहित कम्तिमा २९९ जनाको मृत्यु भएको छ । ७०० भन्दा बढी घाइते भएका छन् । राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडीएमए)ले आइतबार जनाएअनुसार जुन २६ बाट सुरु भएको बाढीले ‘देशभर विनाशको निशाना छोडेको’ बताएको छ  । मृत्यु हुनेमा १०२ पुरुष, ५७ महिला र १४० बालबालिका छन् भने घाइतेहरूमा २३९ बालबालिका, २०४ महिला र २७२ पुरुष छन्।

 

बाढीले १,६७६ घरहरूलाई पनि क्षति पु¥याएको छ, जसमध्ये ५६२ पूर्ण रूपमा नष्ट भएका छन् र १,११४ आंशिक रूपमा क्षतिग्रस्त भएका छन्।बाढीका कारण ४२८ पशुधनको पनि क्षति भएको छ, जसले प्रभावित समुदायहरूको लागि कठिनाइलाई थप बढाएको छ। एनडीएमएले २२३ उद्धार कार्यहरू सञ्चालन गरेको र बाढी प्रभावित क्षेत्रहरूबाट २,८८० जनालाई सफलतापूर्वक उद्धार गरेको पुष्टि गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्