जरायोको सिङसहित पथरीबाट दुईजना पक्राउ

<span class='c1'>जरायोको सिङसहित पथरीबाट</span> <span class='c2'>दुईजना पक्राउ</span>

विराटनगर । वन्यजन्तु जरायोको सिङसहित मोरङको पथरीशनिश्चरेबाट आइतबार साँझ दुई जना पक्राउ परेका छन् । पथरीशनिश्चरे नगरपालिका–२ सरस्वती टोलका ३१ वर्षीय निरज गुरुङ र २४ वर्षीय विजय राईलाई पक्राउ गरिएको मोरङ प्रहरीले जानकारी दिइएको छ ।

प्रहरीका अनुसार विशेष सूचनाका आधारमा निरज गुरुङको घरमा छापा हान्दा ३ वटा जरायोको टाउकोसहितको सिङ फेला परेको थियो । गुरुङको घरबाट छ थान सिङ बरामद भएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी हस्तबहादुर सुनारका अनुसार घटनाको थप अनुसन्धान इलाका प्रहरी कार्यालय पथरीले गरिरहेको छ । पक्राउ परेकाहरुलाई प्रहरीले आवश्यक अनुसन्धान एवं कारबाहीका लागि सब डिभिजन वन कार्यालय पथरीको जिम्मा लगाएको छ । सब डिभिजन वन कार्यालय पथरीका सहायक वन अधिकृत कृष्णकुमार चौहानले पक्राउ परेकाविरुद्ध मुद्दा चलाउन अदालतबाट म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्