कोशी प्रदेशका तीन जिल्लामा श्रृखलावद्ध ट्रान्सफर्मर चोरी गर्ने गिरोह पक्राउ

<span class='c1'>कोशी प्रदेशका तीन जिल्लामा श्रृखलावद्ध</span> <span class='c2'>ट्रान्सफर्मर चोरी गर्ने गिरोह पक्राउ</span>

विराटनगर । कोशी प्रदेशका ३ जिल्ला झापा, मोरङ र सुनसरीमा श्रृखलावद्ध ट्रान्सफर्मर चोरी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गर्न सफल भएको छ । गत माघ १५ यता मोरङमा ८ स्थान, सुनसरीमा १२ र झापामा २ गरी २२ वटा ट्रान्सफर्मर श्रृखलावद्ध रुपमा चोरी भएको थियो । चोरीका घटनामा संगलग्न भएको आरोपमा प्रहरीले १२ जनालाई पक्राउ गरेको हो । ७ जना चोरी गर्ने र ५ जना चोरीको सामान खरिद गर्ने रहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराएको हो ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको प्रहरी प्रमुख डिआईजी ईश्वर कार्कीका अनुसार, पक्राउ पर्नेहरुमा मोरङको ग्रामथान गाउँपालिका– ४ का ४२ वर्षीय अर्जुनकुमार माझी (चौधरी), ग्रामथान– ५ का ३१ वर्षीय इरज धामी, सुनसरी दुहबी नगरपालिका– ३ का ३५ वर्षीय अनुज विश्वास (चौधरी), दुहबी नगरपालिका – २ का ३९ वर्षीय प्रयाग कुमार खाँ चौधरी, मोरङ बेलबारी नगरपालिका – ४ का २६ वर्षीय अर्जुन चौधरी बेलबारी– ३ का २७ वर्षीय रञ्जित तामाङ र देश भारत घर दुहबी नगरपालिका – ४ स्थित ससुराली घरमा बस्दै आएका ३४ वर्षीय आलम मिया चोरीमा संगलग्न रहेका छन् । त्यसैगरी चोरीको सामान किन्नेहरुमा विराटनगर महानगरपालिका– ३ का ५३ वर्षीय लक्ष्य प्रधान, मोरङ विराटनगर महानगरपालिका – ६ का ६२ वर्षीय कृष्णगोपाल ताम्राकार, सुनसरी दुहबी नगरपालिका– ३ का ३२ वर्षीय योगेश अग्रवाल, दुहबी २ का ३१ वर्षीय कपिल भट्ट, इटहरी उपमहानगरपालिका– ४ का ३९ वर्षीय सिताराम राई लगायत रहेको डिआईजी कार्कीले पत्रकार सम्मलेनमा जानकारी दिए । सामान किन्ने ५ जनालाई पक्राउ गरी अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।

साथै प्रहरीले चोरीमा प्रयोग भएका औजार डायल रेन्च थान २२, सलाई रेन्व थान ३, पिलास थान ३, पेचकस थान ३, छिनो थान १, साङली धान १, कैची थान १, ह्याक्सो बिलेट ३ थान लगायत सामान बरामद गरेको छ । साथै प्रहरीले चोरीमा प्रयोग भएको ५ वटा मोटरसाइकल एउटा पिकअप भेन पनि बरामद गरेको छ । यो गिरोहले गत माघ १५ गतेदेखि ३ जिल्लाका खेतियोग्य जमिन र एकान्त बस्तीमा राखिएका ट्रान्सफर्मरहरु चोरी गर्दै आएको थियो ।

साउन ९ गते मोरङको रंगेली नगरपालिका– ९ इटाभट्टा टोलमा ट्रान्सफर्मर चोरी गर्न गएको समूहका ४२ वर्षीय अर्जुनकुमार थारु पक्राउ परेपछि प्रहरी गिरोहसम्म पुग्न सफल भएको डिआईजी कार्कीको भनाई छ । ट्रान्सफर्मर चोरीको गिरोह खोज्नका लागि प्रदेश प्रहरी र जिल्ला प्रहरी मोरङ र सुनसरीबाट संयुक्त रुपमा टोली खटिएको थियो । यसरी ३ वटा जिल्लामा श्रृखलावद्ध चोरी भएका २२ वटा ट्रान्सफर्मरबाट विधुत प्राधिकरणलाई झन्डै २ करोड मूल्य बराबरका क्षति भएको नेपाल विधुत प्राधिकरण कोशी प्रदेशका प्रमुख राजीव सिंहले जानकारी दिए । प्रहरीले चोरीमा संलग्नहरुलाई पक्राउ गरे यता चोरीको घटना नभएको डिआईजी कार्कीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्