कोशी प्रदेशमा कोरोना नियन्त्रणमा, तर डेंगु संक्रमण उच्च

<span class='c1'>कोशी प्रदेशमा कोरोना नियन्त्रणमा,</span> <span class='c2'>तर डेंगु संक्रमण उच्च</span>

इन्दु कुमारी साह
विराटनगर । कोशी प्रदेशमा कोरोना संक्रमण नियन्त्रणमा आएको छ । तर, डेंगु संक्रमण भने तीव्र रुपमा फैलिन थालेको छ । प्रदेश स्वास्थ्य आपतकालीन सञ्चालन केन्द्रका अनुसार २०८२ साउन २० गतेसम्म कोशी प्रदेशमा कोरोना भाइरसका जम्मा ३३ संक्रमित देखिएका छन्।

पछिल्लो ४८ घण्टामा नयाँ संक्रमित कोही पनि देखिएका छैनन् । हालसम्म २९ जना संक्रमित निको भइसकेका छन् भने २ जनाको मृत्यु भएको पुष्टि भएको छ । हाल सक्रिय संक्रमित संख्या मात्र २ रहेको छ।

कोरोना संक्रमण सबैभन्दा धेरै मोरङमा देखिएको छ । जहाँ १४ जना संक्रमित भएका थिए । त्यस्तै डेंगु संक्रमण भने प्रदेशभर तीव्र रुपमा बढिरहेको छ। २०८१ माघदेखि हालसम्म डेंगु संक्रमितको संख्या ४६१ पुगेको छ। पछिल्लो ४८ घण्टामा मात्रै ३ मा संक्रमण देखिएको छ ।

डेंगुमा सबैभन्दा धेरै प्रभावित जिल्ला सुनसरीमा १२७ जना रहेका छन् । यसैगरी झापामा १०४ जना, संखुवासभा ५७ जना रहेका छन् । डेंगु संक्रमण विशेषगरी असार र साउन महिनामा उच्च देखिएको छ। जुलाई (असार–साउन) महिनामा मात्र ११६ केस रिपोर्ट भएका थिए । स्वास्थ्य मन्त्रालयले लामखुट्टे नियन्त्रण गर्न नागरीकलाई सचेत रहन आग्रह गरेको छ । डेंगु रोगबाट बच्न घर वरपर पानी जम्न नदिने, लामखुट्टेबाट जोगिने उपाय अपनाउने, शरीरमा ज्वरो, टाउको दुख्ने, आँखाको गेडी दुख्ने जस्ता लक्षण देखिएमा तुरुन्त स्वास्थ्य संस्थामा सम्पर्क गर्न सबैलाई अनुरोध गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्