सप्तरीमा प्रहरीले चलायो गोली, एक जनाको मृत्यु

<span class='c1'>सप्तरीमा प्रहरीले चलायो गोली,</span> <span class='c2'>एक  जनाको मृत्यु</span>

सप्तरी । सप्तरीमा प्रहरीले गोली चलाएको छ। सप्तरीको नेपाल-भारत सीमावर्ती क्षेत्र राजग‍ढ गाउँपालिका-२ कमलपुरमा प्रहरीले गएराति करिब साढे १० बजे गोली चलाएको हो। जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी जितेन्द्रकुमार बस्नेतका अनुसार तस्कर समूहले प्रहरी टोलीमाथि आक्रमण गर्दा प्रतिरक्षामा प्रहरीले गोली चलाएको हो।

प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा राजगढ-२ कै  ३५ वर्षीय लालु यादव छन्।‍डिएसपी बस्नेतका अनुसार प्रहरीले चलाएको गोली उनको तिघ्रामा लागेको थियो। उनको उपचारका क्रममा गजेन्द्रनारायण सिंह अस्पतालमा मृत्यु भएको हो।डिएसपी बस्नेतका अनुसार त्यो ठाउँमा ठूलो मात्रामा मदिरा अवैध रूपमा लुकाइछिपाइ राखिएको छ भन्ने सूचना प्रहरीले पाएको थियो।

 

त्यसपछि इन्स्पेक्टर नेतृत्वमा ९/१० जनाको प्रहरी टोली खटाइएको थियो। प्रहरी पुगेपछि त्यहाँ झन्डै सय जना मानिसहरूले प्रहरीमाथि ढुंगामुढा गरेका थिए।

उनीहरूले  लाठी र घरेलु हतियारसहित प्रहरीलाई घेर्न पुगेपछि प्रहरीले हवाई फायर गरेको थियो। '३/४ राउन्ड हवाइ फायर गर्दा पनि उनीहरू त्यहाँबाट भागेनन्। उल्टै प्रहरीमाथि आक्रमण गर्न थाले। त्यसपछि प्रहरीले आत्मरक्षाका लागि गोली चलाएको थियो,' डिएसपी बस्नेतले भने। प्रहरीले गोली चलाएपछि भिड तितरबितर भएको थियो। प्रहरीले त्यहाँबाट ठूलो मात्रामा मदिरा बरामद पनि गरेको छ।घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्