सुनसरीको दुहबीमा बन्दै गरेको घरको सेफ्टीट्याङकीमा ठेकेदार र कामदार मृत फेला

<span class='c1'>सुनसरीको दुहबीमा बन्दै गरेको घरको सेफ्टीट्याङकीमा</span> <span class='c2'>ठेकेदार र कामदार मृत फेला</span>

विराटनगर । सुनसरीको दुहबी नगरपालिका–४ शिव मन्दिर चोकमा नयाँ बन्दै गरेको घरको सेफ्टी ट्यांकीभित्र दुई जना पुरुषको शव फेला परेको छ ।

स्थानीय चन्द्रिका रौनियारले निर्माण गर्दै गरेको घरको सेफ्टी ट्यांकीभित्र दुहबी–२ का अन्दाजी ५० वर्षीय श्यामबहादुर तामाङ र ३२ वर्षीय रमेश राईको शव बुधबार विहान फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक योगराज खतिवडाका अनुसार मृतक तामाङ उक्त घर बनाउने पेटी ठेकेदार हुन् भने राई कामदारको रुपमा कार्यरत रहेका थिए । घटनाको अनुसन्धानका लागि फरेन्सिक विज्ञसहितको टोलीले परिचालन गरिएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्