७९ औँ स्वतन्त्रता दिवस मनाउँदै भारत

<span class='c1'>७९ औँ स्वतन्त्रता</span> <span class='c2'>दिवस मनाउँदै भारत</span>

काठमाडौं । भारतले आज आफ्नो ७९ औँ स्वतन्त्रता दिवस मनाउँदैछ । प्रत्येक वर्ष १५ अगस्टमा ब्रिटिस उपनिवेशवादको अन्त्य र एक स्वतन्त्र राष्ट्रको रूपमा भारतको उदयको प्रतीकका रूपमा भारतीय स्वतन्त्रता दिवस मनाइन्छ । भारतमा स्वतन्त्रता दिवस देशभक्ति र एकताको भावनालाई बढवा दिने विभिन्न समारोह र सांस्कृतिक गतिविधिहरूका साथ मनाइन्छ । मुख्य कार्यक्रम राजधानी दिल्लीको लाल किल्लामा आयोजना गरिन्छ, जहाँ भारतीय प्रधानमन्त्रीले झन्डोत्तोलन गर्छन् ।  झन्डोत्तोलनपछि २१ तोपको सलामी र राष्ट्रगान बजाइन्छ ।

 

प्रधानमन्त्री नरेन्द्र मोदीले राजधानी दिल्लीको लाल किल्लामा तिरंगा फहराएर राष्ट्रलाई सम्बोधन गर्नेछन् । प्रधानमन्त्री मोदीले लगातार १२ औँ पटक लाल किल्लाको प्राचिरबाट स्वतन्त्रता दिवसलाई सम्बोधन गर्दैछन् ।यस पटक देशभरका २६ राज्य र केन्द्र शासित प्रदेशबाट छनोट गरिएका ८५ गाउँका सरपञ्चलाई समारोहमा विशेष अतिथिको रूपमा आमन्त्रित गरिएको छ । मोदीले स्वतन्त्रता दिवसको अवसरमा देशवासीलाई बधाई समेत दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्