आकाश छोप्ने छाना,
मुरी उमार्ने माटो छैन
गुजुमुज्ज घरहरु
चिसामा न्यानो ताप्ने
आँगन पनि छैन
बलियो पाखुरा हुनेहरु मुग्लान पस्छन
कमजोर हातहरु
ऋणका भारीले थिचिएर
बन्दी जीवन बाँच्न बाध्य हुन्छन ।
गाउँका प्रत्येक घर सुनसान छ
टुकिकाे धिप धिपे बत्तीमा बृध्द अनुहार,
उदास यौवन मात्र देखिन्छ
बाँझो बारी, सुनसान बस्ती
छैनन गफका फुहारा
उजाड एकदम फुङ्ङ सृङ्गार बिहिन नारी बनेको छ गाउँ
न दशै नत तिहार,
सप्तरङ्गी रङ्गको होली
बेरङ्गिन छ ।
केही निरीह निरक्षर अझै दबाव र धम्कीको चपेटामा फसेका छन
कोहि थाम्नै नसकि पीडा
तनाव डिप्रेशनका सिकार भएका छन ।
पेटमा अभावको आगो सल्केपछि
जीवन कहाँ सहज हुन्छ र !
विवशताको तगारो पन्छ्एर हिडन पनि गाह्रै हुँदोरहेछ
काेहि पलायन हुन्छन प्रवास
कोहि थिचो मिचोमा पिसिन्छन घुन सरी
बिद्रोह
अनि बिसंगती हुन्छ त्यहाँ
विवेक गुमाउँदै गएपछि
विकल्क आत्म हत्याको बाटो रोज्छ मान्छे
कति सहन सक्छ मान्छे
कति झेल्न सक्छ
तनाव र दबाबका पीडा
लाज ढाक्न पुग्ने कपडा,
साँस बचाइराख्न सक्ने
एक मुठी अन्न मात्रै पनि त हैन जीवन ।।