विराटनगर । विराटनगरमा आइतबार निकालिएको राधाकृष्ण रथयात्रामा भारतबाट चोरी गर्ने गिरोह नै आएको थियो । प्रहरीले रथयात्रा अवधीभर ५७ जना व्यक्तिलाई शंकास्पद गतिविधि गरेको आरोपमा पक्राउ परेको थियो । त्यसमा भारतीय नागरिक समेत रहेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङ प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक कोपिला चुडालका अनुसार भारतबाट चोरी गर्न आउने गिरोहका सदस्य समेत पक्राउ परेका छन् ।
त्यसमा क्रममा बालबालिका समेत पक्राउ परेका थिए । प्रहरीले पक्राउ गरेकामध्ये प्रयोग गरिएका चारजना बालबालिकालाई भने छोडिदिएको छ । प्रवक्ता चुडालका अनुसार चोरी गर्न प्रयोग गर्ने उद्देश्यले गिरोहले लिएर आएका बालबालिकालाई छोडिएको हो, त्यस बाहेक ५३ जना अहिले पनि नियन्त्रणमा रहेका छन् । जसमा भारतीय नागरिक २४ जना रहेका छन् ।
प्रहरीले नियन्त्रणमा राखेका ५३ जनामा पनि मुद्दा चलाउने व्यक्तिहरु दशजना भन्दा कम हुने अनुमान गरेको छ । पक्राउ परेकाहरुको स्क्रिनिङ्गको काम भईरहेको प्रहरीले जानकारी दिइएको छ । प्रहरीले रथयात्रामा उर्लिएको मानवसागर भित्र शंकास्पद गतिविधि गरेको देख्नासाथ पक्राउ परेकाहरुको रेकर्ड हेर्नेछ । रेकर्ड हेरेपछि यस अगाडी उनीहरुको संलग्नता भएनभएको, पुष्ठभूमि खासै खराब नभएका व्यक्तिहरुलाई छोडिदिनेछ । भने, बारम्बार चोरीका घटनामा दोहोरिएर पक्राउ परेका व्यक्तिलाई मुद्दा चलाउनेछ । रथयात्राको भीडभाडमा चोरी तथा पकेटमारी गर्ने उद्देश्यले राखेकाहरु कतिपय मोवाइल चोरीको आरोप छ ।