विराटनगर भाद्र ५ ,
इटहरीस्थित सोल्टी वेस्टएन्ड होटलमा भदौ ७ गते शनिबार ‘बरबरिक : द पोएटिक फ्लेम’ नामक विशेष साहित्यिक तथा सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ।
कार्यक्रममा कवि तथा नाट्यकार भरत गुरागाईं “बरबरिक” का नाट्य प्रस्तुति प्रस्तुत गरिनेछ भने लाइभ संगीतसँगै उनका कविताहरू पनि वाचन हुने जनाइएको छ।
आयोजक पूर्वेली मिडिया नेटवर्कका अनुसार, यो साँझ केवल मनोरञ्जनमा सीमित नभई साहित्य, संगीत र रंगमञ्चलाई एउटै मञ्चमा ल्याएर दर्शकलाई अद्वितीय अनुभव दिनेछ। साथै यसले शब्द र भावनाको माध्यमबाट समाजमा सांस्कृतिक चेतना सबल बनाउन योगदान गर्ने अपेक्षा गरिएको छ।