विराटनगरमा एन्जल ईन्भेस्टर्स, एकै पटक नौ आइडियामा प्रोत्साहन लगानी घोषणा

<span class='c1'>विराटनगरमा एन्जल ईन्भेस्टर्स, एकै पटक</span> <span class='c2'>नौ आइडियामा प्रोत्साहन लगानी घोषणा</span>

विराटनगर । उद्योग संगठन मोरङको अगुवाईमा विराटनगरमा एन्जल ईन्भेस्टर्स नेटवर्क (वेन) स्थापना गरिएको छ । लगानी खोज्ने र लगानी गर्न चाहने बीच व्यवसायीक सम्वन्ध स्थापित गर्ने उद्देश्यले यसको स्थापना गरिएको हो ।

जसको शुभारम्भ बिहीबार साँझ भव्य कार्यक्रमकाबीच कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीबाट गराइएको थियो । शुभारम्भ कार्यक्रमको अवसरमा ट्रयाकन नेपाल, साइबर अर्लट नेपाल, सिसा, सोल्भी, आरा टेक्नोलोजी प्रा.लि, कुखुरी काँं, आरती फलावर, अपेक्स वायोटेक एण्ड एग्रोफोरेष्ट्रि रिसर्च सेन्टर प्रा.लि र सुसन विष्ट ईन्स्टिीटियूट अफ फ्लाईट एण्ड ड्रोनका स्टार्टअपले आ–आफनो व्यवसायिक योजना प्रस्तुत गरेका थिए ।

सबै कम्पनीमा लगानीकर्ताहरुले विशेष रुचीका साथ आफनो व्यवसायीक नेटवर्क, अनुभव, मेन्टरसीप तथा आवश्यकता अनुसार लगानी समेत गर्ने प्रतिवद्धता व्यक्त गरेका । प्रतिवद्धता जनाउनेहरु विराटनगरका औद्योगिक घरानाका व्यक्तित्वहरु नै छन् । एन्जल ईन्भेष्टर्सको क्रममा महेश जाजु, सुयश प्याकुरेल, राकेश सुराना, भोलेश्वर दुलाल, सुरेन्द्र गोल्छा, प्रत्युष राउत, सुजित झा, किरण ब्यास छन् ।
वेनले लगानीकर्ताहरुको पुल वनाई नवप्रवर्तनमा आधारित उद्यम व्यवसायमा लगानीको आवश्यकतामा साझेदार गर्ने उद्देश्यले आइडिया टु ईम्पयाक्टको नाराका साथ कम्पनी स्थापना गरिएको छ ।

शुभारम्भ कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले नेपाल मै पहिलो पटक प्रारम्भ गरिएको यस कार्यक्रमलाई थप टेवा पु¥याउने आस्वासन दिएका छन् । कोशी प्रदेश सरकारले हातेमालो गर्ने प्रतिवद्धता समेत जनाएका छन् । प्रदेश सरकारले भर्खरै लगानी सम्मेलन आयोजना गरि लगानीकर्ताहरुलाई आव्हान गरिरहेको पृष्ठभूमिमा यो सुरुवातले सकारात्मक भूमिका निर्वाह गर्ने बताएका थिए ।
यसैगरी उनले संगठनको स्टार्टआप एण्ड इन्क्यूवेशन कार्यक्रमलाई कोशी प्रदेश सरकारले अपनत्व ग्रहण गर्दै सहकार्य गर्ने प्रतिवद्धता व्यक्तका गरेका छन् । मुख्यमन्त्री कार्कीले ९ वटा परियोजनालाई कोशी प्रदेश सरकारले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दै ट्रयाक अन नेपाल नामक कम्पनीका लागि व्यवसायीक नेटवर्क स्थापनामा कोशी प्रदेश सरकारले सहजीकरण गर्ने दावी गरेका छन् ।

उद्योग संगठनका अध्यक्ष नन्दकिशोर राठीले विगत पाँचवर्षदेखि स्टार्टअपहरूसंग कार्यगर्दा सबैभन्दा ठूलो चुनौती वित्तीय स्रोतको अभाव रहेको पाईएको बताएका छन् । त्यसको संभावनालाई सहयोग पु¥याउन एन्जल ईन्भेष्टर्स नेटवर्क नामक गैर नाफामूलक संस्था स्थापना गरेको वताए । नेटवर्कले लगानीयोग्य परियोजनाहरू छनोट गरी लगानीकर्ता समक्ष प्रस्तुत गर्नुका साथै लगानीको खोजीमा रहेका स्टार्टअपहरूलाई लगानीका अवसर प्रदान गर्नेछ । स्टार्टअपहरूका लागि वित्तीय पहँुचको अवसर र लगानीकर्ताहरूका लागि नयाँ व्यवसायमा लगानी गर्ने उपयुक्त वातावरण निर्माण गर्ने विश्वास राखिएको छ ।

विराटनगर एन्जल इनभेष्टर्स नेटवर्क (वेन) का संयोजक सुयश प्याकुरेलले ५ वर्षअघि उद्योग संगठनमा स्टार्टअप कार्यक्रम प्रारम्भ गर्दा यसको भविष्यप्रति चिन्ता भएको भएतापनि सहयोगी हातहरु वढदै गएका कारण छोटो समय मै सय स्टार्टअप आइडिया सफलतापूर्वक इन्क्युबेट भएकोमा खुशी व्यक्त गरे । उनले सानो स्तरका विशेषत पहिलो पुस्ताका स्टार्टअपलाई लगानी जुटाउन गाह्रो हुने भएकाले, वैन मार्फत यस्तो सम्भावना बोकेका आइडियालाई फन्डिङ तथा व्यवसायीक सेवा प्रदान गर्ने जानकारी गराए ।

संगठनका पूर्व अध्यक्ष समेत रहेका प्याकुरेलले केही लगानीकर्ताहरु मिलेर पहिलो चरणमा २ करोडको लगानीको पुल वनाएको जानकारी गराउदै इच्छुक लगानीकर्ताहरुलाइ वेनमा आवद्ध हुन आव्हान गरे । उनले स्टार्टअपको व्यवसायीक विकासलाई मध्यनजर गरी यो कार्यक्रम संगठनले प्रारम्भ गरेको भएतापनि अबका दिनमा प्रदेश सरकारको स्वामित्वमा लैजानुपर्ने आवश्यकता औल्याए । वेनलाई प्रदेश सरकारको आधिकारिक उद्यमशीलता साझेदारको रूपमा मान्यता दिन, स्टार्टअप दर्ता प्रक्रियाका लागि सरल नीति वनाउन, एन्जल लगानीमा कर छुट प्रोत्साहनको पहल गर्न, व्यवसाय सम्वद्र्धन केन्द्र र नवप्रवर्तनमा सहयोग पु¥याउन, वेनसँग सहकार्य गर्दै बीउ पूंजी कोष स्थापना गर्न, प्रदेश सरकारका तर्फबाट सम्पर्क व्यक्ति तोक्न र आर्थिक समितिमा वेनका प्रतिनिधि समावेश गर्ने प्रतिवद्धताका लागि मुख्यमन्त्री समक्ष उनले अनुरोध गरे ।

पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा. डा. विजु थपलियाले विश्वविद्यालयले यस कार्यक्रमलाई थप प्रोत्साहन गर्न विश्वविद्यालय सहकार्य गर्न तयार रहेको वताए । उनले नवउद्यमीको विकास गर्नु विश्वविद्यालयको समेत जिम्मेवारी भएकाले यस प्रकारको कार्यक्रम वढावा दिने सबैको हातोमालो आवश्यक रहेको औल्याए ।

स्विस कन्टयाक्ट सहज परियोजनाका म्यानेजर ब्रजेश मल्लले नवप्रवर्तनको संस्कृति निर्माण गर्ने अभियानमा परियोजनाको सदैव सहयोग रहने वताउदै युवालाई प्रदेशमै अवसर प्रदान गर्न यस प्रकारको कार्यक्रमले सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
संगठनले स्टार्टअप एण्ड इनोभेशन कार्यक्रम अन्तर्गत हालसम्म ६ वटा कोहर्ट मार्फत सय भन्दा वढी स्र्टाटअपहरु सहभागिता रहेको छ । त्यसैगरी स्टार्टअप उद्यमीहरुका लागि सुरुवाती अवस्थामा काम गर्ने ठाउ तथा नेटवर्क वनाउने ठाउको अभावलाई सम्वोधन गर्न संगठनको सचिलयमा विराटनगर इन्क्यूवेशन सेन्टर समेत सञ्चालनमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्