उम्मेदवार छान्न रास्वपाले आजदेखि प्रारम्भिक निर्वाचन गर्दै

<span class='c1'>उम्मेदवार छान्न रास्वपाले आजदेखि</span> <span class='c2'>प्रारम्भिक निर्वाचन गर्दै</span>

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रूपन्देही–३ मा उम्मेदवार छान्न आज प्राथमिक निर्वाचन (प्राइमरी इलेक्सन) गराउँदैछ। रास्वपाबाट रूपन्देही–३ को प्रतिनिधि सभा उपनिर्वाचनमा उम्मेदवार बन्न ९ जना आकांक्षी छन्।

सुलभ खरेल, पार्थिवेन्द्र उपाध्यक्ष, डा. लेखजङ्ग थापा, ज्ञानु पौड्याल, जितबहादुर गुप्ता आकांक्षी छन्। त्यस्तै कुसुम महर्जन, रचना क्षेत्री, पुनमकुमारी अग्रवाल र मधुप्रसाद अर्याल आकांक्षी छन्। उनीहरूका बीचमा रास्वपाले लिडरसिप एकेडेमीको अभ्यास गरेको छ।

बिहीबारबाट प्राइमरी इलेक्सनको प्रक्रिया सुरू भएको सहमहामन्त्री विपिनकुमार आचार्यले जानकारी दिए। आचार्य नै रूपन्देही–३ को उपनिर्वाचन कमान्डर तोकिएका छन्। उनैको अगुवाइमा उम्मेदवार छनोट प्रक्रिया अघि बढाइएको हो। आचार्यले नै उम्मेदवार छनोट कार्यविधि बनाएर पहिलोपटक अभ्यासमा ल्याएका हुन्।

उनका अनुसार मतदाताहरूले ९ जनामध्ये एक जना उम्मेदवारलाई छनोट गर्न पाउनेछन्। ९ जनामध्ये कुनै पनि उम्मेदवार मन परेन भन्न पनि पाउने सुविधा रहेको उनले बताए। मतदाताले मोबाइल एपमार्फत् मतदान गर्नेछन्। मतदातालाई दिएको उम्मेदवार छनोटका विकल्पको १० औं नम्बरमा ‘कसैलाई पनि भोट हाल्दिनँ’ भन्ने पनि विकल्प राखिएको र यसलाई अभ्यासकै रूपमा अन्यत्र पनि प्रयोग गरिने उनले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्