विराटनगर २० चैत्र । पुसेट इन्जिनियरिङ क्याम्पसमा नया शक्ति विद्यार्थी युनियन को आधार कमिटी सुभाष मन्डलको नेतृत्व मा ३१ सदस्य समिती गठन भएको छ ।
त्यसैगरी समितीको उपाध्यक्षमा शिव रतन शाह, अइत अधिकारी, क्षितिज बि .क सचिबमा रन्जित सहनी चयन भएका छन् । समितीको सह सचिबमा मो. निजाम, सन्जु सापकोटा, सतिश सिह छन् भने कोषाध्यक्षमा मन्जु दाहाल रहेका छन् ।
यसैविच सदस्यहरुमा अनिल यादव, श्रुति रौनियार, राजन शर्मा, हेमन्त मण्डल, अन्सा मल्लिक, मनिराज राजवंशी, अभिषेक कर्ण, सुरज आचार्य, प्रवेश मन्डल, निमिशा कर्ण, बिनोद मन्डल, सन्तोश यादव, चन्दन शाह, अमर लिम्बू, सबिन यादव, रोशन शर्मा, राखी देब, हेमन्त मन्डल, राम नाथ शाह र पल्लबी देब लगायत रहेका छन् ।
नया शक्ति विद्यार्थी युनियनका केन्द्रीय सदस्य तथा पूर्वी जिल्ला उत्प्रेरक अनुज बर्माको सभापतित्वमा कार्यक्रमको प्रमुख अतिथी पुर्व विद्यार्थी नेता नया शक्ति पार्टी नेपालका केन्द्रीय परिषद् सदस्य प्रदेश कार्यलय एबम अनुगमन प्रमुख पशुपती नेपालको उपस्थिती रहेको थियो । सबै निर्वाचित अध्यक्ष तथा सदस्यलाई उनीहरुले बदाई एवम शुभकामना दिएका थिए ।
कार्यक्रममा केन्द्रीय सचिबलय सदस्यहरु किशन भगत (प्रदेश १ विद्यार्थी सङठन बिभाग प्रमुख), कमल पोखरेल ( विद्यार्थी मोरङ संयोजक) विद्यार्थी केन्द्रीय सदस्य एवम पुर्बी जिल्ला अध्यक्ष पप्पु मेहताको उपस्थित रहेको शिव रतन शाहले जानकारी दिए ।