विराटनगर । ‘सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स’ (सीडेन) कोशीको अध्यक्षमा विराटनगरका इन्जिनियर भरत न्यौपाने निर्वाचित भएका छन् । नेपाली काँग्रेसको शुभेच्छुक संस्था सीडेनको शनिबार सम्पन्न निर्वाचनको मत परिणाम अनुसार न्यौपाने प्रतिस्पर्धी इन्जिनियर महेश धिताललाई ६१ मताअन्तरले पराजित गरेका हुन् ।
जम्मा २४७ मत खसेकोमा न्यौपाने १५० मत प्राप्त गरेका थिए । धितालले ८९ मत पाएका हुन् । संघ तथा प्रादेशिक निर्वाचन शनिबार एकै दिन थियो । कोशीमा पाँच पदाधिकारीसहित १५ सदस्यीय कार्यसमिति निर्वाचित भएको हो ।
न्यौपाने अध्यक्षमा निर्वाचित हुँदा उपाध्यक्षमा इन्जिनियर राजु तामाङ, सचिवमा इन्जिनियर सत्येन्द्र यादव, उपसचिवमा इन्जिनियर सविन खड्का र कोषाध्यक्षमा इन्जिनियर उज्ज्वल देव निर्वाचत भएका छन् ।