अफगानिस्तानमा ६.३ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पको केन्द्रबिन्दु नान्गरहार प्रान्तको राजधानी र अफगानिस्तानको पाँचौं ठूलो शहर जलालाबादबाट २७ किलोमिटर (१७ माइल) टाढा रहेको बीबीसीले जनाएको छ ।
पाकिस्तानसँग सीमा जोडिएको पूर्वी अफगानिस्तानका नान्गरहार र कुनार प्रान्तहरूमा हताहतको रिपोर्ट आएको समाचारमा उल्लेख छ ।
भूकम्पका कारण करिब २० जनाको मृत्यु भएको छ। साथै, ११५ भन्दा बढी घाइते भएको समाचारमा जनाइएको छ । घाइतेलाई नान्गारहार र कुनार प्रान्तका अस्पतालहरूमा भर्ना गरिएको छ।