नेपालको अग्रणी खाद्य कम्पनी एशियन थाई फुड्सले आइतबार आफ्नो नयाँ उत्पादन ‘डेभिल्स हट चिकेन नुडल्स’ सार्वजनिक गरेको छ। मसालेदार र अनौठो स्वाद अनुभव गराउने उद्देश्यले ल्याइएको यो नुडल्स कम्पनीको नवीनतम प्रस्तुति हो।
२५ वर्षभन्दा बढीको यात्रासहित ३० भन्दा बढी देशमा उत्पादन निर्यात गर्दै आएको एशियन थाई फुड्सले विगत पाँच वर्षदेखि नुडल्स निर्यातमा अग्रस्थान कायम राख्दै आएको छ।
“नेपालकै सबैभन्दा मिठो स्वाद, यो डेभिलीसिअस छ” भन्ने आकर्षक ट्यागलाइनसहित बजारमा आएको यो नुडल्स सन्तुलित मसालाको मिश्रण र तीव्र स्वादले उपभोक्तालाई फरक अनुभव दिने कम्पनीले दाबी गरेको छ। निर्देशक आशिष जाजुका अनुसार, मसालेदार स्वाद मन पराउने सबैका लागि यो नुडल्स उपयुक्त हुनेछ।
डेभिल्स हट चिकेन नुडल्सको मूल्य प्रतिप्याकेट ५० रुपैयाँ तोकिएको छ भने पाँच प्याकेटको फ्यामिली प्याक २५० रुपैयाँमा उपलब्ध हुनेछ। थप विशेषताका रूपमा प्रत्येक प्याकमा चकलेट वेफर राखिएको छ, जसले मसालेदार स्वादपछि मिठासको अद्वितीय अनुभव दिने विश्वास कम्पनीले व्यक्त गरेको छ।
यो नुडल्स देशभरका प्रमुख खुद्रा पसलहरूजस्तै भाटभटेनी र अनलाइन प्लेटफर्म दराजमार्फत सजिलै खरिद गर्न सकिनेछ।
एशियन थाई फुड्सले दशकौँदेखि उच्च गुणस्तर र प्रामाणिक एसियाली खानाका उत्पादनहरू प्रदान गर्दै आएको छ। कम्पनीले भविष्यमा पनि नवप्रवर्तन र गुणस्तरलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाएको छ।