एनपीएल ट्रफी टुर, विराटनगरमा गायक नितेश जंग कुँवरको सांगितीक साँझमा झुमे दर्शक

<span class='c1'>एनपीएल ट्रफी टुर, विराटनगरमा गायक नितेश</span> <span class='c2'>जंग कुँवरको सांगितीक साँझमा झुमे दर्शक</span>

विराटनगर । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको ट्रफी टुर कोशी प्रदेशको विराटनगरबाट सुरु भएको छ । शनिबार ट्रफी टुरको अवसरमा आयोजित सांगितीक कार्यक्रममा गायक नितेश जंग कुँवर जैन भवनमा दर्शकमा प्रस्तुत भएका थिए ।

विराटनगरबाट सुरु भएको टुरको पहिलो दिन सिद्धार्थ बैंक र मुख्यमन्त्री कार्यालयमा प्रदर्शन गरिएको थियो । आइतबार झापाको भद्रपुरस्थित मेची बहुमुखी क्याम्पस, त्यसपछि मेचीनगर र बिर्तामोडको वान स्टप मलमा कार्यक्रम राखिएको छ । त्यहाँ पनि विशेष कार्यक्रम र रमाइला गतिविधिहरूसँगै फ्यानहरूले ट्रफीलाई नजिकबाट हेर्नेछन् । सोमबार दमकमा सिद्धार्थ स्कुल र गोरखा डिपार्टमेन्ट स्टोरमा ट्रफी प्रदर्शन गरिने आयोजकले जानकारी दिएको छ ।

कोशीमा ट्रफी इटहरी र इनरुवा पु¥याएर सकिनेछ । अनि यात्रा विराटनगर फर्किएपछि गाला डिनरमा ट्रफी प्रदर्शनी गरिनेछ । क्यानका अनुसार फ्रेन्चाइज टोली विराटनगर किङ्स, जनकपुर बोल्ट्स, चितवन राइनोज, काठमाडौं गोर्खाज, पोखरा एभेन्जर्स, लुम्बिनी लायन्स, कर्णाली याक्स र सुदूरपश्चिम रोयल्सका शहरमा ट्रफी टुर गर्न लागिएको हो ।

विराटनगर किङ्स, नेपाल प्रिमियर लिगमा कोशी प्रदेशको प्रतिनिधित्व गर्ने प्रोफेसनल टी २० क्रिकेट टिम हो । दोस्रो संस्करणको एनपीएल आगामी मंसिर १ देखि २७ गतेसम्म काठमाडौंमा हुनेछ । त्यसअघि विभिन्न स्थानमा ट्रफी टुर गर्दै फ्रेन्चाइज टोलीसँग समर्थकलाई जोड्ने काम गर्न लागिएको हो ।

विराटनगर किंग्सको आयोजनामा भएको सांगितीक कार्यक्रममा शनिबार साँझ युवामाझ लोकप्रिय गायक कुँवरले प्रस्तुति दिदैं मनोरञ्जन दिलाएका थिए । स्थानीय कलाकार सुभम एण्ड द ब्याण्ड तथा मृत्युन्जयले पनि आफ्नो प्रस्तुति दिएको थियो । कार्यक्रममा टिकट दर २०० राखिएको थियो । यदि कसैले विराटनगर किंग्सको जर्सी लगाएर पुग्दा निःशुल्क प्रवेश राखिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्