इटहरीमा दुईको मृत्यु, घाईते चारजनाको विराट टिचिङमा उपचार हुँदै

<span class='c1'>इटहरीमा दुईको मृत्यु, घाईते चारजनाको</span> <span class='c2'>विराट टिचिङमा उपचार हुँदै</span>

विराटनगर । सामाजिक सञ्जालमाथिको प्रतिबन्ध र भ्रष्टाचारविरूद्ध भएको आन्दोलनमा प्रहरीले गोली चलाउँदा इटहरीमा दुईजनाको मृत्यु भएको छ । प्रहरीले चलाएको गोली लागेर गम्भीर घाइते भएकालाइ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको थियो । धरान पुर्याए लगतै चिकित्सकले मृत घोषित गरेको प्रहरीले बताएको छ ।सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले घाईतेको मृत्यु भएको पुष्टि नभईसकेको बताएका छन् । उनले इलाका प्रहरी कार्यालय इटहरीमा ढुंगामुढा भएपछि प्रहरीले गोली चलाएको दावी गरेका छन् । यता इहटरी आन्दोलनमा घाईते चारजनाको बुढीगंगास्थित विराट टिचिङ अस्पतालमा उपचार भइरहेको छ ।

घाइतेमध्ये सुनसरी राम्धुनीका १७ वर्षीय आशिष चौधरी, बुढीगंगा–७ की १९ वर्षीया सान्तुनु ढकाल, इटहरी–४ का १६ वर्षीय अनमोल पन्त र इटहरी–१० की १६ वर्षीया सम्झना विक रहेका छन्। अस्पताल स्रोतका अनुसार ढकालको टाउकोमा गम्भीर चोट लागेकाले शल्यक्रिया ९अप्रेशन० गर्न तयारी गरिएको छ। बाँकी तीन जनाको भने उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्