अव्यवस्थित शहरीकरण र अवरुद्ध निकास प्रणालीले पाकिस्तानमा बाढीको जोखिम थपिँदै

<span class='c1'>अव्यवस्थित शहरीकरण र अवरुद्ध निकास</span> <span class='c2'>प्रणालीले पाकिस्तानमा बाढीको जोखिम थपिँदै</span>

काठमाडौं । पाकिस्तानका प्रमुख सहरहरूमा मनसुनको वर्षासँगै दोहोरिँदो बाढीको समस्या झन् गम्भीर बन्दै गएकोबारे कराचीमा मंगलबार भएको एक कार्यक्रममा विज्ञहरूले चेतावनी दिएका छन् ।

अर्बन रिसोर्स सेन्टरले आयोजना गरेको कार्यक्रममा आर्किटेक्ट तथा टाउन प्लानर आरिफ हसन र एनइडी विश्वविद्यालयका प्राध्यापक डा. नोमान अहमदले मनसुनको ढाँचा परिवर्तन भइसकेको र यसको असरले ठूला सहरहरूमा गम्भीर रूपमा देखिन थालेको बताएका छन् ।डा. अहमदका अनुसार यस वर्ष कराची, लाहोर, सियालकोट, फैसलाबाद, सरगोधा र कसुर जस्ता सहरहरूमा सामान्य भन्दा धेरै वर्षा भएको छ । “थोरै पानी परे पनि न्युन क्षेत्रहरू डुबानमा पर्छन् तर सडकहरूमा जमेको पानी निकाल्ने निकास भने सुख्खा देखिन्छन्,” उनले भने । उनका अनुसार नयाँ विकास योजनाहरूले प्राकृतिक निकासहरू पूर्णरूपमा बन्द गरिदिएका छन्, जसले पानी बग्ने मार्ग नै रोकेको छ ।

उनीहरूले गत अगस्ट १९ मा कराचीको शारे फैसल क्षेत्रमा आएको पानीले उद्धारका गाडीहरू नै बिगारेको उदाहरण दिएका छन् । अहमदले प्राकृतिक रूपमा पानीलाई नदी वा समुद्रमा लैजान सक्ने स्टर्म वाटर ड्रेनेज प्रणाली विकास गर्नुपर्नेमा जोड दिए ।आरिफ हसनले भने उत्तरी पहाडी क्षेत्रबाट दक्षिणतर्फ बग्ने पानीको मार्गमा मानव बस्ती बसाल्दा बाढीको समस्या झन् बढेको बताए । “पहिला बस्ती बसाल्नुअघि त्यहाँ पानीको प्राकृतिक बहाव अवरुद्ध त छैन भनेर हेर्नुपर्छ,” उनले भने ।उनीहरूले २०२० मा गरिएको युआरसीको सर्वेक्षण उद्धृत गर्दै कराचीका ३४ साना ढलमध्ये ३० वटा अवरुद्ध भएको र ठूलो महमूदाबाद नालाका १८ निकास बिन्दुमध्ये १४ वटासम्म बन्द रहेको बताएका छन् । कराचीका करिब २७ लाख भवनको छानाबाट बग्ने पानी सडकमै खस्ने र लयारी वा मलिर नदीमा लैजाने कुनै व्यवस्था नभएको उनले बताए ।

हसनले समाधान खोज्दा प्रभावित समुदायलाई बेवास्ता नगर्न आग्रह गर्दै भने, “हामीले गुज्जर, ओरांगी र महमूदाबाद नाला सफा गर्न हजारौंलाई विस्थापित ग¥यौं तर बाढी समस्या समाधान हुन सकेन ।”कार्यक्रममा अगस्ट १९ को वर्षापछि कराचीको निपा चौरंगी क्षेत्रमा डुबान भएको दृश्यसमेत प्रस्तुत गरिएको थियो। आयोजक जाहिद फारूकले भने, “त्यो दिनको पानीले कराचीका धनीदेखि गरीब सबैलाई एउटै रूपमा प्रभावित बनाएको थियो ।” विज्ञहरूले सरकारले दीर्घकालीन रणनीति बनाउन, प्राकृतिक निकास मार्गहरू पुनःस्थापना गर्न तथा आकस्मिक उद्धारका लागि स्वयंसेवकहरूलाई तालिम र उपकरणसहित तयारी गराउनुपर्ने सुझाव दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्