विराटनगर । नेपाल कम्यूनिष्ट पार्टीका संस्थापक तथा वाम–लोकतान्त्रिक आन्दोलनका नेता पुष्पलाल श्रेष्ठको विराटनगर–३ पुष्पलालचौकस्थित प्रतिमा तोडफोडप्रति आठवटा वामपन्थी राजनीतिक दलले निन्दा गरेका छन् । उनीहरुले शहीद गंगालालका भाई पुष्पलाल श्रेष्ठको प्रतिमा भत्काउन जेनजी आन्दोलनमा घुसपैठ भएकाहरुको संलग्नता रहेको भन्दै त्यसको भत्र्सना गरेका हुन् ।
नेकपा एमाले, नेकपा (माओवादी) केन्द्र, नेकपा (समाजवादी), क्रान्तिकारी कम्यूनिष्ट पार्टी नेपाल, नेपाल कम्यूनिष्ट पार्टी (सि), नेपाल मजदुर किसान पार्टी, वैज्ञानिक समाजवादी कम्यूनिष्ट पार्टी नेपाल र नेकपा (ऋषि)ले संयुक्त विज्ञप्ती प्रकाशित गर्दै जेनजी आन्दोलनको मर्मलाई सम्मान गर्ने बताउँदै यसमा भएको घुसपैठको छानविन गरिनुपर्ने माग समेत गरेका छन् । साथै वीपी कोइराला, गणेशमान सिंहको घर, पुष्पलालको प्रतिमा र किशुनजीको आश्रममा भएको तोडफोड आगजनी कार्यको निन्दा समेत गरिएको छ ।