सुन्दरहरैंचाका पूर्व प्रमुख ढकालद्वारा नगरपालिकालाई कम्प्यूटर सहयोग

<span class='c1'>सुन्दरहरैंचाका पूर्व प्रमुख ढकालद्वारा</span> <span class='c2'>नगरपालिकालाई कम्प्यूटर सहयोग</span>

विराटनगर । मोरङको सुन्दरहरैंचा नगरपालिकाका पूर्व प्रमुख शिवप्रसाद ढकालले नगरपालिका कार्यालयलाई कम्प्युटर लगायतका सामाग्री सहयोग गरेका छन् । भदौ २४ गते भएको जेनजीको आन्दोलनको क्रममा नगरपालिका कार्यालयमा आगजनी, तोडफोड भएको थियो ।

आगजनी, तोडफोडबाट सुन्दरहरैंचा नगरपालिका कार्यालयका भवन लगायत आवश्यक सम्पूर्ण कागजात ध्वस्त भएको थियो । मंगलबार सुन्दरहरैचा नगरपालिकामा पुगेर नगरपालिकालाई काम गर्न सहजहोस् भनेर कम्प्युटर लगायतका आवश्यक सामान हस्तान्तरण गरेको पूर्व प्रमुख ढकालले जानकारी दिएका छन् ।

ढकाल लगायतका सहयोगीहरुले आठ थान कम्पयुटर, चारथान प्रिन्टर, १० थान टेबल र १० वटा दराज सहयोग गरेका हुन् । जलेको कोठामा सामान्य मर्मत गरी कार्यालय सञ्चालन भएपनि आवश्यक सामानको अभावमा काम गर्न अप्ठयारो भएको थियो । अब केही सजिलो हुने सुन्दरहरैचा नगरपालिका प्रमुख केदारप्रसाद गुरागाईँले बताएका छन् ।

सुन्दरहैचा नगरपालिका कार्यालयको भवन पूरै ध्वस्त भएकाले यसको पूनःनिर्माण गर्नका लागि चार करोड बढी रकमको प्रारम्भिक स्टमेट गरिएको प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपानेले जानकारी दिएका छन् । सुन्दरहरैंचा नगरपालिकामा नेपालरिका होटल सहित पूर्व मन्त्री भानुभक्त ढकाल, पूर्व मेयर, मेयर, नेपाली कांग्रेसको कार्यालयमा आगजनी भएको थियो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्