विराट टिचिङमा १६ दिनदेखि चुपचाप छन् जेनजी आन्दोलनका घाईते सन्तनु ढकाल

<span class='c1'>विराट टिचिङमा १६ दिनदेखि चुपचाप छन्</span> <span class='c2'>जेनजी आन्दोलनका घाईते सन्तनु ढकाल</span>

सोनु साह
विराटनगर । गत भदौ २३ गते देशव्यापी रूपमा फैलिएको जेनजी आन्दोलनका क्रममा इटहरीमा प्रहरीको गोली लागेर १९ वर्षीय सन्तनु ढकाल गम्भीर घाइते भए । रगतले लतपत भएका ढकाललाई मोरङको बुढीगंगा गाउँपालिका २ मा रहेको विराट मेडिकल कलेज टिचिङ हस्पिटलमा उपचारका लागि भर्ना गरियो ।

मोरङ सुन्दरहरैंचाको सुकुना माध्यमिक विद्यालयमा कक्षा १२ मा विज्ञान विषय लिएर पढिरहेका बुढीगंगा ७ का उनी अहिले अस्पतालको बेडमा जीवनसँगको लडाइँमा छन् । उनको अनुहारमा गोली लागेको छ । बोल्न सक्ने अवस्थामा छैनन् । उनी लेखेर कुरा गर्छन ।
अस्पतालका एक डाक्टर राहुल महतो अनुसार सन्तनुको देब्रे गालामा गोली लागेको रहेछ । उक्त गालाको तल्लो बंगाराको हड्डी पूर्ण रूपमा टुटेको छ । दाँतहरू टुटेका छन्, छाला र मासुको नामोनिसान छैन । उनको दुई पटक शल्यक्रिया भएको छ, तर बोल्न सक्दैनन् । सङ्केत र लेखेर कुरा गर्छन् । उनको होस त सुरुदेखि नै थियो, तर बोल्न डाक्टरहरूले नै बन्द गराएका छन्,। स्वास्थ्य उपचार भने अस्पतालले अहिलेसम्म निःशुल्क गरिरहेको छ ।

छोराका लागि अस्पतालमा कुरुवा बसेका बुबा महेश ढकालका अनुसार जेनजी आन्दोलनपछिको घटनाक्रम केवल एउटा दुर्घटना होइन । उनी यसलाई नेपालको राजनीतिको निरन्तर असफलताको परिणामका रूपमा हेर्छन् । ४६ सालमा पनि ढुङ्गामुढा भयो, ६२ र ६३ मा पनि त्यस्तै भएका थिए , अहिले पनि हाम्रो छोराहरूको पालामा रगत बगिरहेको छ । के परिवर्तनका लागि हरेक पुस्ताले रगत बगाउनैपर्ने हो भन्ने सरोकारवाला लाई प्रश्न गरेका छन । साथै अस्पतालले निशुल्क उपचार गरदिएकोमा अस्पतालका कार्मचारी, डाक्टर लगायत सम्पूूर्ण सहियोगी हातलाई धन्यवाद दिएका छन ।
जेनजी पुस्ताले गरेको प्रदर्शनले नेपालमा ठुलो उथलपथल ल्यायो । देशको सत्तानै परिवर्तन भयो । त्यही परिवर्तनका लागि आवज उठाउन सडकमा निस्केका थिए सन्तनु ढकाल , उनको आक्रोश जनप्रतिनिधिहरू र भ्रष्ट सरकार संग थियो , दशकौदेखि नै चल्दै आएको जुन व्यवस्था, जुन बेथिति र जुन चाकडीतन्त्र विरुद्ध सडकमा उत्रिएका थिए, ढकाल सहितका हजारौ युवा जसले २७ घण्टामै सरकार ढालिदिए । जेनजी पुुस्ताले भदौ २३ गते शान्ति पूूर्ण रुपले भष्टचार विरुद्ध प्रदर्शन नेपालभरि आवहान गरे जसमा देशभरकै १३ देखि २८ बर्ष उमेरका युवाहरु एक जुुट भएर प्रदर्शन गरिरहे केहि ठाँउहरुमा माथिल्लो निकायबाट अवस्था नियन्त्रण गर्न गोली चलाउन आदेश दिएको थियो ।

स्कुल डे«समा भएका विधार्थीमाथि समेत गोली हानिएको थियो । घटना स्थलमै धेरै विधार्थीको मृत्यु भयो, अधिकाश जेनजी युवा योद्धाहरु अस्पतालमा गोलीको घाउ संग लडिरहेका छन । ओली नेत्तृवको सरकार ढले पश्चात जेनजी सहमतिमा सुुशीला कार्कीको नेत्तृवमा अन्तरिम सरकार गठन भएको छ ।
बुधबार उपचारत ढकाललाई अर्थमन्त्री रामेश्वर खनालले भेटेर स्वास्थ्य अवस्था बुझेका छन् । उनी विराटनगरमा एक विशेष कार्यक्रममा आएका बखत ढकालको स्वास्थ्य अवस्था बुझेर परिवारजनलाई सान्तवना दिन अस्पताल पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्