विराटनगरकाे अस्पतालमा भयाे लिङ्गकाे सफल सल्यक्रिया

<span class='c1'>विराटनगरकाे अस्पतालमा भयाे</span> <span class='c2'>लिङ्गकाे सफल सल्यक्रिया</span>

विराटनगर २७ चैत । नेशनल किड्नी अस्पताल विराटनगरले दुई जटिल रोगको सफल सल्यक्रिया गर्न सफल भएको छ ।
सिराहा गोलबजारका ७६ बषिय वृद्ध र झापा मेचिनगरका ४० बर्षे युवाको लिङगको सफल सल्यक्रिया गरिएको आईतबार पत्रकार सम्मेलनगरी जनाएको हो ।
७६ बर्षिय यादव थरका वृद्ध लिङ्गको क्यान्सरबाट पिडित भई अन्तत नेशलन किडनी अस्पतालमा सफल सल्यक्रिया भएको हो । क्यान्सरका कारण उनको लिङगको आधा भाग काम नलाग्ने भएपछि काटेर फालिएको उपचारमा संलग्न डा. सन्तोषकुमार झाले जानकारी पत्रकार सम्मेनमा जानकारी दिए ।
उनका अनुसार यादवलाई करिव ३ महिना अघि लिंगमा क्यान्सर भएको पुष्टी भएको थियो । डा. झाका अनुसार पुरुषमा हुने क्यान्सर मध्ये शुन्य दशमलव ४ देखि शुन्य दशमलव ६ सम्म लिंगको क्यान्सर हुने सम्भावना हुन्छ ।
यसैगरी यसैहप्ता यस अस्पतालले ‘कोर्डी’ समस्याको सफल शल्यक्रिया गरेको छ मेचिनगर ७, झापा घर भएका ४० वर्षिय खड्का थरका युवाको लिंगमा देखिएको समस्या ‘कोर्डी’ सफल सल्यक्रिया भएको हो ।
चिकित्सकले लगाएको सुइका कारण पूर्णरुपमा बांगो भएको उनको लिङगको सफल सल्यक्रिया गरी पून निर्माण गरको डा. झाले जानकारी दिए ।
चार वर्ष अघि स्थापना भएको अस्पतालले निजी स्वास्थ्य संस्थातर्फ पूवाञ्चलमै पहिलो पटक ट्युमर भएको पिसाब थैली फ्यालेर नयाँ पिसाब थैली बनाएको थियो । अस्पतालले नेपालकै पहिलो ल्याप्रोस्कोपिक पायलो प्लाष्टि सर्जरी, तीनवर्षको बच्चाको किड्नीमा भएको १६ एमएमको पत्थरीको शल्यक्रिया, जन्मजात एकैठाउँ किड्नी भएका व्यक्तिहरुको जटिल शल्यक्रिया गरिएको अस्पतालका म्यानेजिङ डाईरेक्टर भोगेन्द्र खडकाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्